झापा- झ्यालढोका बन्द गरेर सुतेका हल्दीबारी–५, त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको हावाहुन्डरीले घर भत्काउँदा च्यापिएर मृत्यु भएको छ।
गए राति करिब ११ः५० बजे आएको भीषण हावाहुन्डरीले मगरको टिनको छाना भएको एकतले घर भत्काएको थियो।
घरको बिमले च्यापिएर गम्भीर घाइते भएका मगरलाई स्थानीयले उद्धार गरी बाहिर निकाले पनि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घटनाबारे कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।
Facebook Comments Box
