Author: खबरमञ्च

झापा- ‘मर्निङ वाक’मा रहेका दमक नगरपालिका–१ बरगाछीका दुई महिलालाई जङ्गली हात्तीले आक्रमण गर्दा उनीहरु घाइते भएका छन् । घाइते हुनेमा दमक –१ ४२ वर्षीया कविता राई र ४७ वर्षीया सुनिता राई रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार घरबाट निस्केर बाटोमा हिँडिरहेका बेला नजिकैको जङ्गलबाट निस्किएको हात्तीसँग उनीहरुको आज बिहान जम्काभेट भएको थियो । उनीहरुलाई हात्तीले सुँढले बेरेर लडाएका जनाइएको छ । उनीहरुको टाउको, हात, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेलाई तत्काल उपचारका लागि दमक अस्पतालमा लगिएको छ । घाइतेमध्ये सुनिताको अवस्था गम्भीर रहेको बताइएको छ । आक्रमणपछि हात्ती जङ्गलतिर…

Read More

दोधारा चाँदनी (कञ्चनपुर)- भीमदत्त नगरपालिका–२ स्थित उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष बितिसक्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन । विसं २०७५ साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी बालिका पन्तको शव साउन ११ गते घरनजिकैको उखुबारीमा भेटिएको थियो । घटनापछि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन मुलुकभर आन्दोलनसमेत भयो । सरकारले पनि घटनाको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समितिका साथै राष्ट्रिय मानवअधिकार आयोग र प्रहरीले विभिन्न छुट्टाछुट्टै छानबिन समिति गठन भए । प्रहरीको सबैभन्दा बढी स्रोत साधनको खर्च यसै प्रकरणमा भए पनि हालसम्म प्रहरीले उपलब्धि हात पार्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता…

Read More

भद्रपुर (झापा)- मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ मा चिया निर्यात ३२ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार (साउन–असार) सम्ममा रु चार अर्ब २१ करोड ३५ लाख ९२ हजारको चिया निर्यात भएको हो । एक वर्षमा १५ हजार ४१६ दशमलव ७५६ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईँले जानकारी दिए। आव २०८०/८१ मा रु तीन अर्ब १७ करोड ९५ लाख २७ हजार बराबरको चिया निर्यात भएको उनले बताए। कार्यालयको तथ्याङ्कानुसार आव २०८१/८२ मा अलैँचीको निर्यात तीन दशमलव २० प्रतिशतले घटेको छ । उक्त एक वर्षको अवधिमा रु सात अर्ब ६७ करोड ४०…

Read More

झापा – झापाको हल्दिबारी गाउँपालिका–४, ओली चोकस्थित एक घरमा ग्यास लिक भई आगलागी हुँदा ६० वर्षीय पूण्यप्रसाद ओलीको उपचारका क्रममा मृत्यु भएको छ। उक्त आगलागीमा परी घाइते भएका अन्य दुई जना भने डिस्चार्ज भइसकेका छन्। गत साउन ६ गते बिहान करिब ८:४० बजे पूण्यप्रसाद ओलीको तीनतले पक्की घरको दोस्रो तल्लाको भान्सा कोठामा रोटी पकाउने क्रममा ग्यास अचानक सल्किएर आगलागी भएको थियो। आगो निभाउने क्रममा ओली सहित घरका चार जना घाइते भएका थिए। घाइतेहरूलाई तत्काल भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पताल लगिएको थियो। थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएका पूण्यप्रसाद ओलीको साउन १० गते बिहान ११:३५ बजे उपचारकै क्रममा दुःखद निधन भएको…

Read More

झापा– झापाको भद्रपुर नगरपालिका–५, भद्रपुर बजारस्थित भित्री सडकखण्डमा लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले गोली प्रहार गरी एक कारोबारीलाई नियन्त्रणमा लिएको छ। प्रहरीको गोली लागेर घाइते भएका ती कारोबारीको साथबाट ठूलो परिमाणमा लागुऔषध खैरो हेरोइन बरामद भएको छ। शनिवार दिउँसो करिब ३:५० बजे जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका भारत, किसनगञ्ज जिल्ला कोल्लिकोट थाना बस्ने ३६ वर्षीय मोहमद इस्लामलाई देख्नेबित्तिकै नियन्त्रणमा लिने प्रयास गरेको थियो। प्रहरीलाई देख्नेबित्तिकै इस्लामले प्रहरीमाथि नै आक्रमण गरी भाग्ने प्रयास गरेपछि प्रहरीले पेस्तोलबाट २ राउण्ड गोली प्रहार गरेको थियो। जसमध्ये एक राउण्ड गोली उनको बायाँ…

Read More

बिर्तामोड । झापा बिर्तामोड–७ स्थित कन्चन इङ्ग्लिस बोर्डिङ स्कूलले राष्ट्रिय आविष्कार केन्द्रलाई ३१ हजार रूपैयाँ सहयोग गरेको छ। बीरगञ्ज कृषि औजार कारखाना पुनः सञ्चालन गर्न डा. महावीर पुनले सञ्चालन गरेको आत्मकथा पुस्तक बिक्री अभियानअन्तर्गत उक्त सहयोग प्रदान गरिएको हो। विद्यालयका संचालक डिल्लीराम चौलागाईंले विधालयमा उपस्थित विधार्थी अभिभावक शिक्षक लगायतले ३१ हजार रूपैयाँ बराबरको पुस्तक खरिद गरी राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिएको जानकारी दिएका छन्। डा. पुनको पुस्तक बिक्री अभियानमार्फत किसानका लागि कृषि औजार उत्पादन गर्ने बीरगञ्ज कारखाना सञ्चालनमा ल्याउन रकम संकलन भइरहेको छ। सो अभियानमा झापा ४३ औँ जिल्ला बनेको छ। कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक र सरोकारवालाहरूको उपस्थिति रहेको…

Read More

झापा- बिर्तामोड नगरपालिकाले बुधबार आयोजना गरेको सार्वजनिक कार्यक्रममा नगरवासीले विकास निर्माण र सार्वजनिक चासोका विभिन्न विषयमा जिज्ञासा राखेका छन्। कार्यक्रममा नगरवासीहरूको सक्रिय सहभागिता थियो। नगरवासीका प्रश्न र गुनासा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिर्तामोड नगर सभापति दिपक दिनेश दाहालले भ्रष्टाचारको अवस्थाबारे प्रश्न गर्दै नगरपालिकाका जनप्रतिनिधि तथा पदाधिकारीलाई सोधे, “भ्रष्टाचारमा पूर्णाङ्क १० मा तपाईं आफूलाई कति नम्बर दिनुहुन्छ?” नगरवासी लक्ष्मी खरेलले नेताले भनेका ठाउँमा नभई आवश्यकता भएका ठाउँमा बजेट छुट्याएर विकास निर्माणका काम गर्न सुझाव दिए। उनले वडा नं ४ को कार्यालयमा रहेका प्राविधिकहरूबाट आजित भएको बताए। “बरु वडा ४ बाट प्राविधिक कार्यालय हटाइदिनु। अलि अप्ठ्यारो पर्दा रुने गरेरै भएन,” उनले भने।…

Read More

झापा- झापाको कमल गाउँपालिका १ स्थित कृष्णे खोलाले बगाएर एक बालकको मृत्यु भएको छ । आज बिहान अन्दाजी ७ः३० बजे कृष्णे खोलाको बगरमा कमल वडा नं.१ रतनचौन बस्ने मिङमारेन्जे शेर्पाका छोरा १२ वर्षीय सुसान शेर्पाको शव भेटिएको हो । उनी दुई दिनअघि कोही कसैलाई जानकारी नगराई घरबाट आफूखुसी हिडेका थिए । घर फर्की नआएपछि छरछिमेकी, आफन्त र नातागोतामा खोजतलास गरिएको थियो । उनी फेला नपरेपछि उनका बुबाले हिजो प्रहरी चौकी तोपगाछीमा हुलियासहितको निवेदन दिएका थिए ।

Read More

झापा- पछिल्लो चरणमा कोरोना संक्रमण फैलिएयता देशमै पहिलो पटक कोरोना संक्रमणबाट इलामकी एक महिलाको मृत्यु भएको छ । सूर्योदय नगरपालिका वडा नं १० फिक्कल बस्ने ४९ वर्षीया सुनिता लामाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । आज बिहान ६ बजे नोबेल शिक्षण अस्पताल बिराटनगरमा उपचारको क्रममा उनको मृत्यु भएको हो । मृतकको शव अस्पतालले र्यापिङ गरी आफन्तलाई जिम्मा दिएको प्रहरीले जनाएको छ । त्यसबारे जिल्ला प्रहरी कार्यालय इलामसंग समन्वय गर्ने कार्य भइरहेको जनाइएको छ । ज्वरो आउने बिरामी भई स्थानीय अस्पतालमा उपचार गराउँदा ठिक नभएपछि दुई दिनअघि उनलाई बिर्तामोडस्थित बिर्ता सिटि अस्पतालमा ल्याई हिजो चेकजाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।…

Read More

झापा- झापाको भद्रपुर नगरपालिका-५ स्थित भन्सार चोकबाट लागुऔषध ब्राउन सुगरसहित एक कार र दुई कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ। शनिवार दिउँसो करिब १:३० बजे, गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी निरीक्षक विजय चौहान र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएका प्रहरी नायव निरीक्षक कुमार सोमेस लामिछानेको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ७७९३ नम्बरको नेटा कम्पनीको निलो रङ्गको कारलाई रोकेर चेकजाँच गर्दा लागुऔषध फेला परेको हो। कारका चालक काठमाडौँ महानगरपालिका-२६ बस्ने २४ वर्षीय निवेश कुँवरले आफू बस्ने सिटमुनि कालो प्लाष्टिकमा लुकाई छिपाई ल्याएको लागुऔषध ब्राउन सुगर बरामद गरिएको छ।बरामद गरिएको ब्राउन सुगर प्लाष्टिकसहित ५१…

Read More