झापा- झापाको कमल गाउँपालिका १ स्थित कृष्णे खोलाले बगाएर एक बालकको मृत्यु भएको छ ।
आज बिहान अन्दाजी ७ः३० बजे कृष्णे खोलाको बगरमा कमल वडा नं.१ रतनचौन बस्ने मिङमारेन्जे शेर्पाका छोरा १२ वर्षीय सुसान शेर्पाको शव भेटिएको हो ।
उनी दुई दिनअघि कोही कसैलाई जानकारी नगराई घरबाट आफूखुसी हिडेका थिए । घर फर्की नआएपछि छरछिमेकी, आफन्त र नातागोतामा खोजतलास गरिएको थियो ।
उनी फेला नपरेपछि उनका बुबाले हिजो प्रहरी चौकी तोपगाछीमा हुलियासहितको निवेदन दिएका थिए ।
Facebook Comments Box
