Author: खबरमञ्च
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी खर्चमा मितव्ययिता कायम गरि फजुल खर्चको नियन्त्रणको कार्य भईरहेको बताएका छन् । प्रधानमन्त्री भएको छ महिनापछि आज प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदैं उनले सरकारले राजस्व प्रशासनलाई थप सुदृढ र सुस्त बनाएको बताए । उनले सरकारले राजस्वको दायरा विस्तार गर्ने र राजस्व चुहावट, राष्ट्रिय पुँजी पलायन र अवैध कारोवारलाई कडाईकासाथ नियन्त्रण गर्ने नीति लिएको बताए । उनले भने ‘सरकारी खर्चमा मितव्ययिता कायम गरी फजुल खर्चको नियन्त्रण गरिएको छ । सरकारले राजस्व प्रसाशनलाई थप सुदृढ र सुस्त बनाउँदै राजस्वको दायरा विस्तार गर्ने र राजस्व चुहावट राष्ट्रिय पुँजी पलायन…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी एवम् सार्वजनिक शिक्षा सुधारलाई वर्तमान सरकारले प्राथमिकतामा राखेको बताएका छन् । प्रधानमन्त्री भएको छ महिनापछि आज प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा यस्तो धारणा राखेका हुन् । उनले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै उनले सबै सरकारी विद्यालयमा गुणस्तरीय र रोजगारमुलक शिक्षा प्रदान गरि स्वदेशमा नै रोजगारी सिर्जना गर्न हालको शिक्षा नीतिमा केही गुणात्मक सुधार गर्ने सरकारको तयारी रहेको बताए । नेपाली काँग्रेसकी सांसद ईश्वरी देवी न्यौपानेले सोधेको सरकारी विद्यालयको अवस्था, सरकारी विद्यालयको सुधार र युवालाई देशमा नै रोजगार बनाउने सम्बन्धमा सरकारको…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ । विहीबार प्रतिनिधि सभामा प्रत्यक्ष प्रश्नोत्तर अगाडि प्रधानमन्त्री दाहालले सभामुख घिमिरेसँग संसद भवन नयाँ बानेश्वरमा छलफल गरेका हुन् । प्रधानमन्त्री र सभामुखको छलफलका कारण विहान ११ बजे सुरु हुने भनिएको प्रतिनिधिसभाको बैठक सुरु हुन सकेको छैन । संसद बैठकमा आज प्रधानमन्त्री दाहालले संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्य सूची रहेको छ । प्रधानमन्त्री प्रचण्डलाई सोधिने प्रश्नहरु तयार भइसकेको छ । संसद सचिवालयका अनुसार १५ जना सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न पाउनेछन् ।
काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दामा संलग्नमध्येका शमशेर मियाँलाई प्रहरीले पक्राउ गरेको छ । मियाँ हज कमिटीका अध्यक्ष हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा उनी संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । बिशेषगरी धन्दामा संलग्नहरुलाई रकम ओसारपसारमा उनको गाडी प्रयोग भएको थियो । उनकै गाडी प्रयोग गरी पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व गृहसचिव टेकनारायण पाण्डे लगायतका व्यक्तिले रकम ओसारपसार गरेका थिए । उनको गाडीलाई प्रहरीेले नियन्त्रणमा लिएको छ । गाडीलाई अहिले जिल्ला प्रहरी परिसरमा राखिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सिताराम रिजालले मियाँ पक्राउ परेको बताए । उनले भने,‘नक्कली भुटानी शरणार्थी प्रकरणमा शमशेर मियाँ पक्राउ…
काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दामा संलग्न विरुद्ध सत्तारुढ गठबन्धन मध्येको एक घटक नेकपा एकीकृत समाजवादी पार्टीले आज(बिहीवार) बिरोध प्रदर्शन गर्ने भएको छ । माइतीघर मण्डलामा समाजवादीले विरोध प्रदर्शन गर्न लागेको हो । बिरोध दिउँसो ३ बजेबाट सुरु हुनेछ । कार्यक्रममा समाजवादी अध्यक्ष माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनालसहितको शीर्ष नेता सहभागी हुनेछन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तारुढ गठबन्धनकै नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १४ जना पक्राउ परेका छन् । उनीहरु विरुद्ध कडा कारबाहीको माग गर्दै समाजवादीले विरोध प्रर्दशन गर्न लागेको हो । धन्दामा संलग्न भएको अभियोगमा प्रहरीले खाणसहित पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका सचिव…
काठमाडौं । भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिएको अभियोगमा प्रहरीले अदालत समक्ष २४ अभियुक्त विरुद्ध पक्राउ पुर्जी माग गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत किशोरकुमार राम, असई महेन्द्रप्रसाद चौधरी, राजविराज नगरपालिकाका–११ का वडा अध्यक्ष उदितनारायण यादवसहितका २४ अभियुक्त विरुद्ध पक्राउ पुर्जी माग गरिएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी नरेन्द्र कार्कीले भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिने धन्दामा संलग्न अभियुक्त विरुद्ध अदालतसमक्ष पक्राउ पुर्जी माग गरिएको बताए । उनले भने,‘भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउने धन्दामा सरकारका कर्मचारीसहितका व्यक्ति संलग्न भएको देखियो । अनुसन्धानका लागि पक्राउ गर्नु पर्ने देखियो । त्यसो हुँदा उनीहरु…
काठमाडौं । प्रधानमन्त्रीभएको छ महिनापछि आज प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदको प्रश्नको सामना गर्ने भएका छन् । बिहीबार संघीय संसद् भवन, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेशनको छैटौं बैठक बस्दैछ । बिहान ११ बजे बस्न लागेको उक्त बैठकमा प्रधानमन्त्रीसंग प्रतिनिधि सभाका सांसदहरुले विभिन्न विषयमा प्रश्न सोध्नेछन् र प्रधानमन्त्रीले उत्तर दिने तय गरिएको संसद सचिवालयले जनाएको छ । संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाका सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । बैठकमा प्रधानमन्त्रीले ‘राज्यकानिर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आर्थिक वर्ष २०७८/७९…
काठमाडौं । आफू हराएको नाटक गरेर लुकेका झापा बुद्धशान्ति ४ का पूर्ण भनिने शेरबहादुर सुहाङ र उनका सहयोगी प्रेम भन्ने फूल बहादुर गौतम दर्जीलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ । उनीहरु दुबैजना मिलेर आफूले लगाएको टि-सर्ट च्याती, घडीसमेत चुडाई फाली भ्रम सिर्जना गरि सम्पर्क बिहिन भएको प्रहरीले जनाएको छ। प्रहरीले स्थानीयबासीहरुको सहयोगमा इलाम जिल्ला रोङ गाउँपालिका वडा नं.४ स्थित बिरिङखोलाकोपुलमुनीबाट उनीहरूलाई फेला पारेको हो। गत वैशाख ३१ गते साँझ ५: ४० बजेको समयमा बुद्धशान्ति ३ स्थित बालुवाटार चौकमा नेपाल तरुण दल बुद्धशान्तिका सभापति करण लाबुङको नेतृत्वमा करिब सय जनाको संख्यामा भेला भएर भ्रष्टाचारविरुद्धको विरोध कार्यक्रम भएको थियो। उक्त…
काठमाडौं । नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्वमन्त्री राम रानाको गाडीमा ढुंगामुढा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधवार कोशी प्रदेश एमाले संसदीय दलका उपनेता समेत रहेका रानालाई इलामको माङ्सेवुङ गाउँपालिकामा आयोजित जिल्लास्तरीय विस्तारित बैठकमा जाँदै गर्दा वडा नं. ३ घर्तीदोभान नजिकै उनको गाडीमाथि ढुंगामुढा भएको थियो । एमालेले घटनाको निन्दा र भर्त्सना गर्दै घट्नामा संलग्न समूहमाथि कानूनी कारबाहीको माग गरेको हो । हिंसात्मक घटनामा संलग्नलाई तुरुन्तै पक्राउ गरी कारबाही गर्न केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले विज्ञप्तिमार्फत माग गरेका छन् । कोशी प्रेदशको नामकरणका विषयमा असमहत समूहले रानामाथि ढुंगामुढा गरेका थिए ।…
काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका हाई-प्रोफाइलसहितका आरोपीहरू थप ३ दिन प्रहरी हिरासतमा रहने भएका छन् । पूर्वमन्त्री, सचिवसहितका अभियुक्तहरूलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले बुधवार अनुमति दिएको हो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आजसम्ममा अनुसन्धान सकेर प्रतिवेदन दिन ताकेता गरे पनि प्रहरीले अनुसन्धान बाँकी रहेको भन्दै म्याद थप गर्न माग गरेको थियो । प्रहरीले आज प्रतिवेदन नबुझाउने भएपछि जिल्ला सरकारी वकिलको कार्यालयले म्याद थपका लागि प्रस्ताव लगेको थियो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै चलेको ठगी धन्दामा संलग्न भएको आरोपमा पूर्व उपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी, तत्कालीन…