काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ ।
विहीबार प्रतिनिधि सभामा प्रत्यक्ष प्रश्नोत्तर अगाडि प्रधानमन्त्री दाहालले सभामुख घिमिरेसँग संसद भवन नयाँ बानेश्वरमा छलफल गरेका हुन् ।
प्रधानमन्त्री र सभामुखको छलफलका कारण विहान ११ बजे सुरु हुने भनिएको प्रतिनिधिसभाको बैठक सुरु हुन सकेको छैन । संसद बैठकमा आज प्रधानमन्त्री दाहालले संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्य सूची रहेको छ ।
प्रधानमन्त्री प्रचण्डलाई सोधिने प्रश्नहरु तयार भइसकेको छ । संसद सचिवालयका अनुसार १५ जना सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न पाउनेछन् ।
Facebook Comments Box
