Author: खबरमञ्च

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताएका छन् । सोमबार गणतन्त्र दिवसको अवसरमा बोल्दै उनले लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव रहेको बताए । ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई छिट्टै अतिकम विकसित राष्ट्रबाट विकासशील र विकसित राष्ट्रमा रूपान्तरण गरी मुलुक र जनताको प्रतिष्ठा अभिवृद्धि गर्न वर्तमान सरकार क्रियाशील रहेको उनको भनाइ छ । ‘लोकतन्त्रको विकास लोकतन्त्र भित्रैबाट सम्भव छ भन्ने कुरा पछिल्ला दिनका कतिपय घटनाक्रमले पुष्टि गरिसकेका छन् । संविधान र गणतन्त्र सर्वस्वीकार्य बन्दै जानु, मौलिक हकको कार्यान्वयनमार्फत जनताले पाउने आधारभूत सेवा सहज बन्दै जानु, सयौँ वर्षदेखि उत्पीडनमा पारिएका वर्ग, जाति,…

Read More

काठमाडौँ । १६ औँ गणतन्त्र दिवसमा देशभर विविध कार्यक्रम भइरहेका छन् । राजतन्त्रको अन्त्य गरी नेपालमा गणतन्त्र स्थापना भएको दिनको स्मरणमा आजकै दिन यो दिवस मनाउने गरिएको छ । दिवसका अवसरमा आज काठमाडौंको टुडिखेलमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतको उपस्थितिमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिले भव्य कार्यक्रम गरेको छ । २०६५ जेठ १५ गते संविधानसभाको प्रथम बैठकले दुई सय ४० वर्षदेखि कायम रहेको शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो ।

Read More

काठमाडौं । टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशम चौधरी कारागारबाट रिहा भएका छन् । गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट आममाफी भएपछि चौधरी सोमबार बिहान केन्द्रीय कारागार डिल्लीबजारबाट रिहा भएका हुन् । चौधरीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीसमेत रहेका उनकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरी, बुबाआमा,  नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य एलिजा गौतमलगायतले फूलमालाले स्वागत गरेका छन् । आफूलाई स्वागत गर्न पुगेका सबैलाई चौधरीले हात हल्लाएर धन्यवाद दिएका छन् । चौधरीले कुनै प्रतिक्रिया भने दिएनन् । चौधरी जहाज चढेर गृह जिल्ला कैलाली जानको लागि कारागारबाट सीधै विमानस्थल गएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको बाँकी कैद मिनाहा गरेपछि उनि बिहान डिल्लीबजार…

Read More

झापा । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आगामी कार्यकालका लागि नयाँ समिति चयन गर्न मतदान जारी छ । बिर्तामोड ५ मा रहेको संस्थाको मुख्य कार्यालयमा मतदान जारी रहेको हो । मतदाता मतदानका लागि बिहानैदेखि लामबद्ध छन् । मतदान केन्द्रमा २२ वटा बुथ निर्माण गरिएको छ । संस्थाले आठ हजार ७५६ जना मतदाता प्रमाणित गरेको छ । मतदान बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । आसन्न निर्वाचनका लागि दुई पक्षीय प्रतिस्पर्धा हुँदैछ । स्वतन्त्र प्रगतिशील र लोकतान्त्रिक राष्ट्रवादीले प्यानल नै बनाएर उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र प्रगतिशील प्यानलबाट अध्यक्षमा देवेन्द्र सिटौलासहितका अन्य पदका उम्मेदवार र लोकतान्त्रिक…

Read More

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को अनुमानित आय–व्यय विवरण बजेट आज प्रस्तुत गर्दैछ । अपरान्ह ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री रामशरण महतले बजेट प्रस्तुत गर्ने कार्यसूची छ । बजेटअगावै नीति तथा कार्यक्रम पारित गर्ने र जेठ १५ गते बजेट सार्वजनिक गर्ने व्यवस्थाअनुसार आज आगामी आर्थिक वर्षको आय, व्यय विवरण प्रस्तुत गर्न लागिएको हो । आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको बजेटको अंकभन्दा बढी नहुने बताइएको छ ।

Read More

काठमाडौं । आज पूर्व सांसद रेशमलाल चौधरी ६ बर्षपछि जेलमुक्त हुँदैछन् । पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी अबधिको जेल मिनाहा गरेपछि उनी आज जेल मुक्त हुन लागेका हुन् । गणतन्त्र दिवसकाे अवसरमा राष्ट्रपतिले आममाफी दिए पछि बितेका ६ बर्षदेखि डिल्लीबजार कारागारमा रहेका उनी आज बिहान जेलमुक्त हुन लागेका हुन् । नागरिक उन्मुक्ति पार्टीका संस्थापकसमेत रहेका चौधरी जेलमुक्त हुने भएपछि सो पार्टीले उनको स्वागतका लागि नेता तथा कार्यकर्तालाई डिल्लीबजार कारागर परिसरमा आउन निर्देशन दिएको छ ।

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका छन् । गत शुक्रबार र आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिस अनुरुप राष्ट्रपति पौडेल बाँकी कैद सजाय माफी भएको हो । आइतबार राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०२/१२ र २०८०/०२/१४ का बैठकका सिफारिस अनुसार टोप बहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ ।’

Read More

काठमाडौं । विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको सरकारले बताएको छ। आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत सिमित हुने अनुमान सुनाएका हुन् । पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले समग्र मूल्यमा दबाब परेको भन्दै उनले मागमा आएको कमीले स्रोत व्यवस्थापनमा पनि दबाब सिर्जना भएको बताए ।

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको भारत भ्रमण  हवाई रुट र सिमा समस्या समाधानका लागि उपलब्धिपूर्ण हुने विश्वास व्यक्ति गरेका छन् । नेपाल राष्ट्रिय प्राध्यापक संगठनको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यो पटक हवाई रुट, सिमामा देखिएका समस्यालगायतका विषयमा आफ्नो भारत महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनले भने, ‘१७ गते म भारत भ्रमणमा जादैँ छु । यो पटकको भारत भ्रमण अलि विशिष्ट हुने मैले विश्वास लिएको छु । दुवै देशको जुन तयारीको क्रम चलेको छ । हामी पनि लगातार भारत भ्रमणलाई सफल बनाउन त्यो नेपालको राष्ट्रिय हित, नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्ने एउटा विशिष्ट…

Read More

काठमाडौं । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको शनिबार बसेको बैठकमा बहुमतले सो नीति तथा कार्यक्रम पारित भएको हो । यस अघि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै मुलुकमा विद्यमान समस्या समाधानका लागि सबै दलहरुलाई मिलेर अघि बढन आह्वान गर्नु भएको थियो । राष्ट्रियसभाबाट भने नीति तथा कार्यक्रम जेठ ९ मा नै पारित भएको थियो ।

Read More