गत शुक्रबार र आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिस अनुरुप राष्ट्रपति पौडेल बाँकी कैद सजाय माफी भएको हो ।
आइतबार राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०२/१२ र २०८०/०२/१४ का बैठकका सिफारिस अनुसार टोप बहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ ।’
Facebook Comments Box
