काठमाडौं । आज पूर्व सांसद रेशमलाल चौधरी ६ बर्षपछि जेलमुक्त हुँदैछन् ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी अबधिको जेल मिनाहा गरेपछि उनी आज जेल मुक्त हुन लागेका हुन् ।
गणतन्त्र दिवसकाे अवसरमा राष्ट्रपतिले आममाफी दिए पछि बितेका ६ बर्षदेखि डिल्लीबजार कारागारमा रहेका उनी आज बिहान जेलमुक्त हुन लागेका हुन् ।
नागरिक उन्मुक्ति पार्टीका संस्थापकसमेत रहेका चौधरी जेलमुक्त हुने भएपछि सो पार्टीले उनको स्वागतका लागि नेता तथा कार्यकर्तालाई डिल्लीबजार कारागर परिसरमा आउन निर्देशन दिएको छ ।
Facebook Comments Box
