Author: खबरमञ्च
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिको जलहरीबारे आफूलाई ट्रोल बनाइएकोमा चित्त दुखाएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले जीवनमै आफूले जम्मा पाँच दिन सुन लगाएको तर अहिले थेग्नै नसक्ने गरी सुन लगाएको फोटो ट्रोल गरिएको भन्दै चित्त दुखाएका हुन् । ‘म सानो हुँदा मेरो आमाको औंठी चार दिन लगाएँ । एउटा साथीले दिएको औंठी बिहानदेखि बेलुकासम्म लगाएँ । त्यो बाहेक सुन कहिल्यै लगाएको छैन,’ उनले भने, ‘जसले औंठी पनि लगाउँदैन् त्यसमा मलाई रुची नै छैन् । अहिले त मलाई बोक्न नसक्ने गरी सुन लगाइदिएका छन् । यति साह्रो झूट, यत्रो मेहनत गरेर फैलाएका छन्…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले पुरानै नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण हुनु राष्ट्रहितविरूद्ध भएको भन्दै आक्रोस पोखेका छन् । बुधवार राष्ट्रपति पौडेलले विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेपछि उनले सामाजिक संजालमा संसदमा छलफल नगराई विधेयक ल्याइनु लोकतन्त्र र संसदीय मूल्य मान्यता विरुद्धको कार्य भनेका छन् । फेसबुकमा उनले लेखेका छन् ‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित , लोकतान्त्रित संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध छ।’
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेका राष्ट्रपति कार्यालयले जनाएको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकतासम्बन्धि विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । यस अघिको संघीय संसद्बाट पारित भएको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्न सरकारले गत जेठ १२ गते राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो । यस अघि संसद्का दुवै सदनले पारित गरेको नागरिकता विधेयक ०७९ साउन १६ गत तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । तर उनले विधेयक चित्त नबुझेको भन्दै संसद्लाई फिर्ता पठाएकी थिइन् । पुनः भदौ २० गते दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर पठाउँदा…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणका लागि नेपाल वायुसवा निगमको जहाजबाट भारत प्रस्थान गरेका छन् । बुधबार अपराह्न प्रधनमन्त्री दाहालसहितको एक जम्बो टोली भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेको हो । भ्रमणका लागि त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत मन्त्रीहरूले बिदाई गरेका छन् । उनको यो प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमण हो । उनको साथमा बिभिन्न क्षेत्रका १ सय व्यक्ति भ्रमण दलमा सहभागी छन् ।प्रधानमन्त्री दाहालको आजको कार्यक्रम दिल्ली केन्द्रित रहने छ । त्यस्तै, उनले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरवाद हाउसमा दुई पक्षीय वार्ता गर्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आज चारदिने भारत भ्रमणमा त्यसतर्फ जाँदैछन्। प्रधानमन्त्री दाहालसँग परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित करिब ४७ जनाको सरकारी प्रतिनिधिमण्डल भारत जान लागेको छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा द्विपक्षीय हित र चासोबारे भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीसँग छलफल हुनेछ। भ्रमणका क्रममा विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँच चौकीको उद्घाटनलगायतका कार्यसूची तय भए पनि थप केही विषयमा समेत छलफल हुने जनाइएको छ । भ्रमणका क्रममा नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा भारतीय लगानी प्रवद्र्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाई मार्गबारे पनि छलफल हुँदैछ। हवाई ट्रान्जिट र…
काठमाडौं । तपाईं बच्चालाई यो या त्यो बहानामा स्मार्ट फोन दैनिक चलाउन दिइरहनु भएको छ ? तपाईंका बच्चा दैनिक स्मार्ट फोनमै व्यस्त भइरहेका छन् कि? समयमै सतर्क बन्नुहोस्, ढिलो भए बालबालिकामा गम्भीर मानसिक समस्या निम्तिन सक्छ ? काठमाडौंकी एक १३ वर्षीया बालिकाले हालै असामान्य व्यवहार देखाउन थालिन्। घरमा हजुरआमालाई कुट्ने, सामान फुटाउने, स्कुल जान नमान्ने र खानसमेत नमान्नेजस्ता गतिविधि उनले देखाउन थालिन्। यी समस्यामा सुधार नआएपछि अभिभावकले उनलाई मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र पुर्याए। केन्द्रकी मनोविद् करुणा कुँवरले बालिका र अभिभावक दुवैलाई परामर्श दिइन्। ती बालिकालाई सानै उमेरदेखि स्मार्ट फोन चलाउने लत परेको थियो। उनले मोबाइल नपाएको बखत समस्या झनै चर्को…
विर्तामोड । आर्थिक वर्ष २०८०र८१ को बजेटमा झापाका लागि ७ अर्ब ७९ करोड २ लाख रुपैयाँ बिनियोजन भएको छ । सरकारले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटबाट झापाका ८ नगरपालिका र ७ गाउँपालिकाका लागि उक्त रकम विनियोजन भएको हो । बजेटमा सबैभन्दा बढी झापाको दमक नगरपालिकाका लागि ९५ करोड ८९ लाख विनियोजन गरिएको छ । यो पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर हो। यस्तै दोस्रो धेरै बजेट मेची नगर नगरपालिकाका लागि ९१ करोड ५५ लाख रुपैयाँ, विर्तामोड नगरपालिकाका लागि ८८ करोड ८३ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । यस्तै गौरादह नगरपालिकाका लागि ५० करोड…
विराटनगर । आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन कोशी प्रदेश सरकारले आग्रह गरेको छ । प्रदेशको नामको विरोधमा आन्दोलनमा उत्रिएका पहिचान पक्षधरलाई वार्तामा आउन औपचारिक रूपमा आग्रह गरेको हो । कोशी प्रदेश सरकारको तर्फबाट प्रवक्ता भक्तिप्रसाद सिटौलाले मंगलबार वक्तब्य जारी गर्दै वार्तामा आउन आग्रह गरेका हुन् । ‘शान्तिपूर्ण ढंगबाट गरिने विरोध र आलोचनाले लोकतन्त्रलाई नै सुदृढ र मजवुद बनाउछ भन्ने कुरामा प्रदेश सरकार विश्वास राख्छ’, मन्त्री सिटौलाले भनेका छन्, ‘नामाङ्कनको बारेमा आफ्ना विमतिहरुलाई शान्ति पूर्णरुपमा राख्न अनुरोध गर्दै पूर्व घोषित विरोधका कार्यक्रमलाई स्थगन गरी वार्ता र सम्वादका माध्ययमबाट निकास खोज्न सम्बद्ध सबै पक्षलाई कोशी प्रदेश सरकार आह्वान गर्दछ ।’ आइतबारको प्रदेशसभा बैठकमा…
काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ तथा पूर्वमन्त्री मीना पाण्डे निधन भएको छ । क्यासरबाट पीडित पाण्डेको मंलबार काठमाडौंमा उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको हो ।पाण्डेको आजै पशुपति आर्यघाट दाहसंस्कार गरिदैछ । सर्लाही- २ बाट २०४८ र ०५१ मा प्रत्यक्ष निर्वाचित भएकी पाण्डे०५६ सालमा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री भएकी थिइन् । २०७४ मा उनी समानुपातिक सांसद बनेकी थिइन् । २०२५ सालदेखि राजनीतिमा लागेकी पाण्डे पद्मकन्या कलेजको स्ववियु सभापति समेत भएकी थिइन् ।
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञावलीले रेशम चौधरीको रिहाइले पीडित परिवारले गणतन्त्रलाई हेर्ने नजर सन्तोषजनक नभएको बताएका छन् । मंगलवार गणतन्त्र दिवसको सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भ्रष्टचारीलाई जेलको कठघरामा ल्याउनु पर्ने बताए । उनले भने, ‘रेशम चौधरी रिहा हुनुभयो हिजो मात्र तर हामीले गणतन्त्र दिवस मनाइरहँदा भालाले रोपेर मारिएका ती परिवारका आफन्त र टुहुरा बच्चामा गणतन्त्रमाथि नै असन्तुष्ट भयो होला । भ्रष्टाचारीलाई जेलको कठघरामा ल्याउन पर्छ । गणतन्त्र कुनै भ्रष्टाचारलाई जोगाउने खास्टो बन्न सक्दैन । देशको उच्च पदमा रहेका मानीसहरु आफ्नै देशका नागरिकलाई अनागरिक बनाएर शरणार्थी बनाउन गृह मन्त्रालयमा बसेर प्रतिवेदन साटफेर गरेर यस्तो काम गर्ने भ्रष्टाचारको…