काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञावलीले रेशम चौधरीको रिहाइले पीडित परिवारले गणतन्त्रलाई हेर्ने नजर सन्तोषजनक नभएको बताएका छन् ।
मंगलवार गणतन्त्र दिवसको सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भ्रष्टचारीलाई जेलको कठघरामा ल्याउनु पर्ने बताए ।
उनले भने, ‘रेशम चौधरी रिहा हुनुभयो हिजो मात्र तर हामीले गणतन्त्र दिवस मनाइरहँदा भालाले रोपेर मारिएका ती परिवारका आफन्त र टुहुरा बच्चामा गणतन्त्रमाथि नै असन्तुष्ट भयो होला । भ्रष्टाचारीलाई जेलको कठघरामा ल्याउन पर्छ । गणतन्त्र कुनै भ्रष्टाचारलाई जोगाउने खास्टो बन्न सक्दैन । देशको उच्च पदमा रहेका मानीसहरु आफ्नै देशका नागरिकलाई अनागरिक बनाएर शरणार्थी बनाउन गृह मन्त्रालयमा बसेर प्रतिवेदन साटफेर गरेर यस्तो काम गर्ने भ्रष्टाचारको विषयमा डर लाग्दो कुरा हो ।’
उनले एमाले भ्रष्टाचारको काण्डमा अनुसन्धान गर्न सधैँ अगाडि बढ्न तयार भएको बताए । आफ्नै पार्टीको नेता परेको छ भने पनि जुन औलामा विष लागेको छ त्यहि काटेर फालिन्छ तर सिङ्गो शरिर समाप्त हुन दिन नसक्ने उनको भनाइ छ ।
