Author: खबरमञ्च
काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ्ग सुविधा प्रदान गरेको छ । बुधबार टेलिकमले एक सूचना जारी गर्दै नेपाल टेलिकमको सिम कार्डमा अन्तर्राष्ट्रिय रोमिङ्ग सुविधा पनि थपिएको जानकारी दिएको हो । विदेश भ्रमण गर्ने जो कोहीले पनि आफ्नो मोबाइल फोनमा रोमिङ्ग सेवाको प्रयोग गर्न सक्ने सूचनामा जनाइएको छ । सेवा प्रयोग गर्दै आएका सेवाग्राहीको उही मोबाईल फोन नम्बरमा विश्वभरका कुनै पनि ठाउँमाबाट कल गर्न वा प्राप्त गर्न सकिने पनि सूचनामा उल्लेख गरिएको छ । यस बाहेक अतिरिक्त सेवाहरू पनि प्रयोग गर्न र अन्तर्राष्ट्रिय रोमिङ्गको सन्दर्भमा आउटबाउन्ड रोमिङ्ग र इनबाउन्ड रोमिङ्ग सेवा प्रयोग गर्न सकिने छ । यस्का…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने भएका छन् । संसद सचिवालयले सार्वजनिक गरेको भोली बस्ने बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदबीचको प्रत्यक्ष प्रश्नोत्तर हुने उल्लेख छ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले बुधबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने उल्लेख गरिएको हो । सो बैठकमा प्रधानमन्त्री प्रचण्डले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेस गर्ने पनि कार्यसूचीमा उल्लेख छ ।
काठमाडौै । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर पठाउन गरिएको राज्य शक्तिको दुरुपयोग केबल अंकको भ्रष्टाचार मात्र नभएको निष्कर्ष निकालेको छ । काठमाडौंमा तीन दिनदेखि जारी केन्द्रीय कार्य समितिको बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कानुनबमोजिम आकर्षित हुने राज्य विरुद्धको अपराध, ठगी, संगठित अपराध र सरकारी दस्तखत किर्ते लगायतका कसुरमा कारवाही चलाउन जोडदार माग समेत गरेको छ । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अन्य सबै घोटाला काण्डहरुको पनि छानविन गर्नुपर्ने माग राप्रपाले अघि सारेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले प्रस्तुत गरेको कार्यपत्र र प्रतिवेदन परिमार्जनसहित पारित गर्दै बैठकलेभ्रष्टाचार निर्मूल पार्नका लागि क्यान्टोनमेन्ट घोटाला, ललिता निवास जग्गा काण्ड, एनसेल…
काठमाडौं । अमेरिकाले नेपालमा हिन्दूराष्ट्रको पक्षमा आवाज उठाउनेहरुलाई भारतको सत्तारुढ दल भारतीय जनता पार्टी भाजपा आबद्ध समूहले पैसा दिने गरेको गम्भीर आरोप लगाएको छ । अमेरिकी विदेशमन्त्री एन्थोनी जे ब्लिंकेनले सार्वजनिक गरेको ’अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन’ मानेपाललाई हिन्दूराष्ट्र बनाउने पक्षमा बोल्न तथा हिन्दू राज्य पुनः स्थापनाको लागि राजनीतिक दलका प्रभावशाली नेताहरूलाई भाजपा निकट संघसंस्थाले पैसा दिने गरेको दाबी गरेको छ । नागरिक समाजका अगुवाहरूलाई उद्धृत गर्दै हिन्दूराष्ट्रका पक्षमा बोल्न नेपालका नेताहरूलाई भारतीय जनता पार्टीका प्रभावशाली नेताहरुले पैसा दिँदै आएको दाबी गरेको हो । प्रतिवेदनमा नेपालको विभिन्न धर्मको अभ्यास गर्ने जनसंख्या, भिन्नभिन्न धर्मप्रति सरकारले गर्ने व्यवहार र कानुनी अवस्थाको बारेमा पनि…
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाईसंक्रमणकालीन न्यायको सिद्धान्तलाई प्रतिकूल असर र प्रभाव पर्ने गरि कुनै पनि ऐन संशोधन नगर्न र मुद्धा फिर्ता लिने कार्य नगर्न आग्रह गरेको छ । बुधबार काठमाडौंमा मानव अधिकार र दण्डहीनताका विषयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममार्फत आयोगले यस्तो आग्रह गरेको हो । आयोगले नेपाल सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा भएको विद्यमान प्रावधानपछि दफा ११६क थप प्रस्ताव गरी शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन मुद्दा फिर्ता लिनदिन नहुने भनी उल्लेख गरेको बताँउदै कुनै पनि ऐन संशोधन नगर्न र मुद्धा फिर्ता लिने कार्य नगर्न आग्रह गरेको छ । यस प्रकारका घटनाक्रमहरुबाट मानव अधिकार संस्कृतिको…
काठमाडौं । सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टी नागरिक उन्मुक्ति पार्टीले जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको छ । बुधबार उन्मुक्ति पार्टीले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेठ ६ देखि १० गतेसम्म नेपाल बन्द गर्ने जानकारी दिएको हो । टीकापुर घटनामा पार्टीका संरक्षक रेशम चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै जन्मकैदको फैसला यथावत राखेपनि नाउपाले नेपाल बन्दसहित आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । पत्रकार सम्मेलनमा नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले चौधरीको मुद्दा राजनीतिक मुद्दा भएकाले राजनीतिक तवरबाटै टुङ्ग्याउनुपर्ने भनाइ राखे । उनले भने, ‘यदि लाल आयोग प्रतिवेदन सरकारले सार्वजनिक गरेन भने हाम्रो अर्को विकल्प छैन,…
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा टीकापुर घटनाका आरोपी रेशम चौधरीले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै चौधरीले सर्वोच्चको फैसला स्वीकार गर्नुको विकल्प नरहेको प्रष्ट पारेका छन् । मंगलबार सर्वोच्च अदालतले टीकापुर घटनामा उनीमाथिको जन्मकैदको सजाय सदर गर्ने निणर्य गरेको थियो । जन्मकैदको सजाय सदर गर्ने सर्वोच्च अदालतको फैसला न्यायोचित नभए पनि स्वीकार्नुको विकल्प नभएको उल्लेख गर्दै चौधरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ सर्वोच्च अदालतले गरेको फैसलामा म प्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न ।’ यो निणर्यकै कारण न्यायालयप्रतिको भरोसा नटुट्ने उल्लेख गर्दै सबैले सर्वोच्चको निणर्यको सम्मान गरिदिन पनि…
झापा । नेपाली कांग्रेस झापाको कोषाध्यक्षमा जलकुमार गुरुङ मनोनित भएका छन् । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा मंगलबार सम्पन्न बैठकले गुरुङलाई कोषाध्यक्षमा मनोनयन गरेको हो । गुरुङ अघिल्लो कार्यकालमा पनि जिल्ला सदस्य थिए । देशकै उत्कृष्ट खानेपानी आयोजना विर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्ष, मेची आँखा अस्पतालको अध्यक्ष, झापा गोल्डकपको अध्यक्ष रही गुरुङले सफलतापूर्वक कार्य सम्पादन गरिसकेका छन् । गुरुङ २०७४ सालको स्थानीय तह निर्वाचनमा विर्तामोड नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार बनेका थिए ।
काठमाडौं । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातका यात्रुवाहक र मालवाहक सवारी साधनको भाडादर (मूल्य) समायोजन गरेको छ । इन्धनको मूल्यका आधारमा स्वचालित रूपमा भाडादर समायोजन हुने भएकाले यातायात व्यवस्था विभागले बुधवारबाट लागू हुने गरि भाडादर घटाएको जनाएको छ । विभागले इन्धनको मूल्य ५ प्रतिशत बढेमा वा घटेमा भाडा समायोजन गर्दै आएको छ । विभागका अनुसार यात्रुवाहक सवारीमा ३ दशमलव २० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४ दशमलव १९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको हकमा ४ दशमलव ६५ प्रतिशते भाडादर घटाइएको छ । घटाइएको सवारी भाडाको मूल्य आजैबाट लागु भएको विभागले बताएको छ ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सत्ता र स्वार्थको लागि मात्र भएको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा आयोजित मदन-आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले अहिलेको गठबन्धन सत्ता प्राप्त गर्नका लागि मात्र बनेको बताएका हुन् । उनले भने, ‘हामी कसैसँग कहिल्यै मिल्दै, मिल्दैनौं भन्ने होइन। तर, सत्ताका निम्ति, स्वार्थका निम्ति, सरकार गठनका लागि, मिल्ने कुरा हामीबाट हुँदैन । त्यहि सीमाभित्र मिल्ने कुरा हुँदैन् । कसैसँग हाम्रो एकता हुन्छ भने देशका लागि, जनताका लागि, परिवर्तन, सुशासन र विकासका लागि मिल्न सक्छौं कसैसँग । तर सत्ता गठबन्धनजस्तो कुरा हामीबाट हुँदैन। अहिलेको गठनबन्धन सत्ता गठबन्धन, सरकारी गठबन्धन, सत्ता…