काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने भएका छन् ।
संसद सचिवालयले सार्वजनिक गरेको भोली बस्ने बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सांसदबीचको प्रत्यक्ष प्रश्नोत्तर हुने उल्लेख छ ।
संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले बुधबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने उल्लेख गरिएको हो ।
सो बैठकमा प्रधानमन्त्री प्रचण्डले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धि सहितको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेस गर्ने पनि कार्यसूचीमा उल्लेख छ ।
Facebook Comments Box
