काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा टीकापुर घटनाका आरोपी रेशम चौधरीले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गरेका छन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै चौधरीले सर्वोच्चको फैसला स्वीकार गर्नुको विकल्प नरहेको प्रष्ट पारेका छन् । मंगलबार सर्वोच्च अदालतले टीकापुर घटनामा उनीमाथिको जन्मकैदको सजाय सदर गर्ने निणर्य गरेको थियो ।
जन्मकैदको सजाय सदर गर्ने सर्वोच्च अदालतको फैसला न्यायोचित नभए पनि स्वीकार्नुको विकल्प नभएको उल्लेख गर्दै चौधरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ सर्वोच्च अदालतले गरेको फैसलामा म प्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न ।’
यो निणर्यकै कारण न्यायालयप्रतिको भरोसा नटुट्ने उल्लेख गर्दै सबैले सर्वोच्चको निणर्यको सम्मान गरिदिन पनि आग्रह गरेका छन् ।
उनले आफू डिल्लीबजार कारागारमा रहँदा पनि रत्तिभर विचलित नभएको उल्लेख गर्दै आफू स्वस्थ्य पनि भएको बताएका छन् ।
