Author: खबरमञ्च

काठमाडौं । पर्यटन मन्त्री सुदन किराँतीले आफु वनझाँक्रीको घेराबन्धीमा परेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममा उनले भने, ‘तीन वटा जहाज किन्ने भनेको संसार भरिको आँखा जलेर अहिले म घेरा बन्धीमा छु बनझाँक्रीको घेराबन्दीमा । मान्छेको घेराबन्दीमा भएको भए छुटिन्थ्ये होला नी । बनझाँक्री त शक्तिशाली हुन्छन भन्छन् । मलाई लाग्छ म इमान्दार कोसिस गर्छु । म संग ब्रम्हास्त्र त छैन तर तपाईहरुसंग छ । मलाई सहयोग गर्नुहोस । म उत्रिन चाहान्छु, यो समुन्द्र तर्न चाहान्छु ।’ उनले देशलाई माथि उठाउन आफूले सक्दो प्रयास जारी राख्ने भन्दै साथ दिन सबैलाई आग्रह गरे ।

Read More

काठमाडौं । काठमाडौंमा आयोजित प्रेस युनियनको उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनमा उनले सभापति देउवाले आफ्नो मर्जीले बैठक बोलाउने गरेको आरोप लगाए । सभापति देउवले विभाग गठन गर्न पनि चासो नदिएको उनको आरोप छ। ‘नेपाली कांग्रेसको बैठक राख्न दबाब छ । तर, मैले बोलाउने होइन । अहिले केही दिनअघि मात्रै एउटा विभाग गठन भएको छ । विभाग गठन गर्ने सबै जिम्मेवारी पार्टीको विधानले सभापतिलाई दिएको छ । अस्ति उहाँलाई मन लागेको थियो गर्दिनुभयो । अहिले उहाँलाई मन लागेको छैन गर्नुभएको छैन । कलम भित्र राख्नुभएको छ निकालेर उहाँले हस्ताक्षर गरे विभाग बन्छ । तर, हामी समस्या कहाँ छ, बोल्न डराउँछौं,’…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्य प्रदेशको उज्जैन पुगेका छन् । महाकालेश्वर मन्दिरको दर्शन र विशेष पूजा गर्न प्रधानमन्त्री दाहाल उज्जैन पुगेका हुन् । महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री दाहालले १ सय ८ किलोको रुद्राक्ष चढाउने कार्यक्रम रहेको छ । यस अघि प्रधानमन्त्री दाहाल मध्य प्रदेशको आर्थिक राजधानी इन्दौरमा उत्रिएका थिए । जहाँ उनलाई मुख्य मन्त्री शिवराज सिंह चौहानले परम्परागतरुपमा भव्य स्वागत गरेका थिए । इन्दौर विमानस्थलमा उनलाई स्वागत गर्ने क्रममा ठूलो संख्यामा नेपाली मुलका भारतीय नागरिकहरु पनि उपस्थित थिए । प्रधानमन्त्री दाहालले इन्दौरमा फोहोर व्यवस्थापन कार्यको पनि अवलोकन गरेका छन् ।

Read More

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग तीन पटक भेट गरेपछि मात्रै धेरै कुराको लागि वातावरण सहज बनेको बताएका छन् । आज नयाँ दिल्लीमा उनले नेपाली पत्रकारसंग गरेको कुराकानीमा समकक्षी नरेन्द्र मोदीसंग एक्लाएक्लै तीन पटक भेट गरेर विग्रन लागेको परिस्थितिलाई धेरै कुरामा सहज बनाएको बताए । प्रधानमन्त्री प्रचण्डले भने,‘मोदीसित हिजो मेरो तीनपटक वान टु वान भेट भयो । त्यसैले सहजतामा लग्यो । नत्र कुरा बिग्रेला जस्तोथ्यो । धेरै राम्रो र ठूलो कुराको सुरुवात भएको छ ।’ बिहीबार नेपाल र भारतीय प्रधानमन्त्रीले गरेको संयुक्त पत्रकार सम्मेलनका क्रममा नेपाल र भारतबीच ऊर्जा र पारवहनलगायत सातवटा विभिन्न विषयमा…

Read More

काठमाडौं । चार दिने भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार मध्यप्रदेशको भ्रमण गर्ने भएका छन् । दाहालले उज्जैनस्थित प्रसिद्ध महाकालेश्वर मन्दिरमा पूजाअर्चना गर्ने र त्यसपछि इन्दोर जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहालले मध्यप्रदेशका राज्यपालसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । मध्यप्रदेशका उद्योगी ब्यापारीहरुसँग पनि भेट गरेर उनी शुक्रबार साँझ नयाँ दिल्ली फर्किने कार्यक्रम रहेको छ ।

Read More

काठमाडौँ । तापक्रमले ‘थ्रेसहोल्ड’ नाघेपछि नेपालका धेरै भू–भागमा ‘हिटवेभ’ सुरु भएको छ। कुनै पनि स्थानमा तापक्रमको थ्रेसहोल्ड तोकिएको हुन्छ। त्योभन्दा बढी तापक्रम निरन्तर तीन दिनसम्म रहनुलाई प्राविधिक भाषामा हिटवेभ भनिन्छ।  चितवनदेखि पूर्वी तराई, गण्डकीको पोखरा आसपासका केन्द्र साथै दाङमा पनि हिटवेभको समस्या देखिएको छ। समग्रमा मध्य तथा पूर्वी तराईका धेरैजसो जिल्लाहरूमा हिटवेभ देखिएको हो। गर्मी बढेका अधिकांश स्थानमा विद्यालयहरू बन्द गरिएका छन्। जल तथा मौसम विज्ञान विभागमा कार्यरत मौसमविद् सुदर्शन हुमागाईंका अनुसार लगातार तीन दिन उस्तै गर्मी भएमा त्यसलाई हिटवेभ भनिन्छ। हिटवेभ हुनका लागि थ्रेसहोल्ड कट्नुपर्छ। प्रत्येक स्टेसनका फरक–फरक थ्रेसहोल्ड हुन्छन्।  (हट डे, भेरी हट र एस्ट्रिम हट डे) गर्मी, धेरै…

Read More

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नमध्येका थप एक जना पक्राउ परेका छन् । शरणार्थी प्रकरणको अनुसन्धान अघि बढेपछि फरार रहेका हरिभक्त महर्जनलाई प्रहरीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो । काठमाडौं प्रहरीले यो प्रकरणमा संलग्नविरुद्ध राज्य विरुद्धको अपराधसहितका कसुरमा प्रतिवादी बनाएर ३० जना विरुद्ध अनुसन्धान टुंग्याएर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको थियो । तत्पश्चात जेठ १० गते सरकारी वकिल कार्यालयले आरोपित ३० जना विरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा चलाइएकामध्ये १६ जना पक्राउ परेका र १४ जना फरार थिए । फरार मध्येका एक लक्ष्मी महर्जन केही दिनअघि पक्राउ परेकी थिइन् भने उनका श्रीमान हरिभक्त आज काठमाडौंबाटै…

Read More

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय राष्ट्रपति द्रौपदी मुर्मुबीच भेटवार्ता भएको छ । चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र भारतका राष्ट्रपति मुर्मुबीच नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा शिष्टाचार भेट भएको हो । नेपाली प्रतिनिधिमण्डलसहितको सहभागितामा भएको भेटमा द्विपक्षीय हितका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि आजै प्रधानमन्त्री दाहाल प्रचण्डले हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। त्यसलगत्तै दुई देशका बीचमा विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर भएको थियो । प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय प्रधानमन्त्रीले हैदरावाद हाउसमै दिवा भोज आयोजना गरेका थिए । प्रधानमन्त्री दाहालले आजै भारतीय उपराष्ट्रपति जगदीप धनखडसँग भेटवार्ता भेट…

Read More

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको पार्टनरसीप सुपरहिट बनाउने बताएका छन् । बिहीवार प्रधानमन्त्री दाहालको भारत भ्रमणको दोस्रो दिन आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री दाहालसँग भविष्यमा आफ्नो पार्टनरसीप सुपरहिट बनाउन महत्वपूर्ण निर्णय लिएको बताए । उनले भने, ‘मैले र प्रधानमन्त्री प्रचण्डजीले भविष्यमा आफ्नो पार्टनरसीप सुपरहिट बनाउन महत्वपूर्ण निर्णय लिएका छौं । ’ उनले भारतीय रेल संस्थामा नेपालको रेलकर्मीलाई प्रशिक्षण प्रदान गर्ने पनि निर्णय गरेको जानकारी पनि दिए ।

Read More

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारत सीमा समस्या समाधान हुने दृढता व्यक्त गरेका छन् । बुधवारबाट भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हैदराबाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले दुई देशको सम्बन्धलाई हिमालय जति उचाइ दिन काम गरिरहने बताए । उनले भने, ‘नेपाल र भारतको सीमा समस्या समाधान हुन्छ, यस्का लागि भारतीय पक्ष दृढ छ ।’ भारतीय प्रधानमन्त्री मोदीले सीमा समस्याको समाधान कसरी र कहिले हुने भन्ने बारेमा भने केही बताएनन् ।

Read More