काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग तीन पटक भेट गरेपछि मात्रै धेरै कुराको लागि वातावरण सहज बनेको बताएका छन् ।
आज नयाँ दिल्लीमा उनले नेपाली पत्रकारसंग गरेको कुराकानीमा समकक्षी नरेन्द्र मोदीसंग एक्लाएक्लै तीन पटक भेट गरेर विग्रन लागेको परिस्थितिलाई धेरै कुरामा सहज बनाएको बताए ।
प्रधानमन्त्री प्रचण्डले भने,‘मोदीसित हिजो मेरो तीनपटक वान टु वान भेट भयो । त्यसैले सहजतामा लग्यो । नत्र कुरा बिग्रेला जस्तोथ्यो । धेरै राम्रो र ठूलो कुराको सुरुवात भएको छ ।’
बिहीबार नेपाल र भारतीय प्रधानमन्त्रीले गरेको संयुक्त पत्रकार सम्मेलनका क्रममा नेपाल र भारतबीच ऊर्जा र पारवहनलगायत सातवटा विभिन्न विषयमा सम्झौता र समझदारी भएको छ । जसमा उर्जा र पारवहन क्षेत्रमा गरिएको सम्झौता नेपालका लागि दीर्घकालीन र लाभदायी रहेको नेपाली पक्षको धारणा छ ।
नेपालले उठाउँदै आएको सीमाविवादको विषयमाकुनै सम्झौतानभएपनिभारतीयप्रधानमन्त्री नरेन्द्र मोदीले सिमासमाधानबारेप्रथम पटक बोल्नुलाई प्रधानमन्त्री प्रचण्डले महत्वपूणर् मानेको पनिउल्लेख गरिएको छ ।
प्रचण्डले आज मध्य प्रदेशको इन्दोर भ्रमण गर्दैछन् । जेठ १७गते भारतको निम्तोमा चार दिने भ्रमणका लागि नयाँ दिल्ली पुगेको प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि टोलीको शनिवार नेपाल फर्किने कार्यतालिका रहेको छ ।
