काठमाडौं । पर्यटन मन्त्री सुदन किराँतीले आफु वनझाँक्रीको घेराबन्धीमा परेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममा उनले भने, ‘तीन वटा जहाज किन्ने भनेको संसार भरिको आँखा जलेर अहिले म घेरा बन्धीमा छु बनझाँक्रीको घेराबन्दीमा । मान्छेको घेराबन्दीमा भएको भए छुटिन्थ्ये होला नी । बनझाँक्री त शक्तिशाली हुन्छन भन्छन् । मलाई लाग्छ म इमान्दार कोसिस गर्छु । म संग ब्रम्हास्त्र त छैन तर तपाईहरुसंग छ । मलाई सहयोग गर्नुहोस । म उत्रिन चाहान्छु, यो समुन्द्र तर्न चाहान्छु ।’
उनले देशलाई माथि उठाउन आफूले सक्दो प्रयास जारी राख्ने भन्दै साथ दिन सबैलाई आग्रह गरे ।
Facebook Comments Box
