Author: खबरमञ्च

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले बालुवाटार जग्गासम्बन्धी फाइल खुलेपछि अभियुक्त पक्राउको संख्या बढ्दै गएको छ । यसक्रममा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पनि पक्राउ परेका छन् । यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँगै अन्य ६ कर्मचारी पक्राउ परेका छन् । शाहले बकसका रूपमा ललिता निवासको सरकारी जग्गा लिएको अनुसन्धानमा देखिएको थियो । पक्राउ पर्नेमा डिल्लीबजार मालपोत कार्यालयका तत्कालिन कर्मचारीहरू कलाधर देउजा, हुपेन्द्रमणि केसी, धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, गोपाल कार्की छन् । अनुसन्धान जारी राखेको सीआईबीले थप पक्राउ गर्न सक्ने जनाइएको छ ।

Read More

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।  केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार बिहान उनीहरूलाई नियन्त्रणमा लिएको हो। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङसँगै ६ जनालाई पक्राउ गरिएको सिआइबी स्रोतले जानकारी दिएको छ। मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, गोपाल कार्की र भूपेन्द्रमणि केसीलाई पक्राउ गरिएको हो।

Read More

काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई उनको निवास नक्सालबाट पक्राउ गरिएको हो । ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित रहेका थिए । उनी फरारको सूचीमा रहेका थिए ।

Read More

काठमाडौं । सरकारले असार १४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद सो दिन परेकाले सार्वजनिक विदा दिने निर्णय गरिएको हो। गृहमन्त्रालयले एक सूचना जारी गर्दै बकस इदको अवसरमा बिहीवार सार्वजनिक विदा दिइएकोबारे जनाएको हो।

Read More

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसुदन किरातीले नेपाल नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेका छन् । उनीमाथि उड्डयन सुरक्षालाई प्रभावकारी बनाउन नसकेको, उडान सुरक्षामा चरम लापरबाही गरेको र राज्यले सुम्पेको जिम्मेवारी बहन गर्न नसकेको आरोप लगाइएको छ । सरकारले प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायका रुपमा अलग गर्ने नीति लिएको भए पनि त्यस नीति विरुद्ध काम गरेको र अभिव्यक्तिहरु दिइएको आरोप लगाइएको छ । पर्यटनमन्त्री किरातीले चालु आर्थिक वर्ष २०७८/७९मको बजेटको घोषणा तथा अन्तर्राष्ट्रिय हवाई संगठनको सिफारिसअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवाप्रदायक निकायका रुपमा छुट्याउने नीति विपरीत सार्वजनिक सञ्चारमाध्यममा कार्यात्मक विभाजन…

Read More

काठमाडौँ। ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको छ । सीआईबीको टोलीले केही बेरअघि काठमाडौंबाट नियन्त्रणमा लिएको हो । ललिता निवासको जग्गा हडप्न सरकारी कागजात किर्ते गरेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको सीआईबी प्रवक्ता सञ्जय सिंह थापाले जानकारीरी दिए ।

Read More

झापा । इलामको माङ्सेबुङ ५ बार्‍हलाखे माङमिक्तोक्ला टोलमा आगलागीले ८ घर जलेर नष्ट भएका छन् । समिर चेम्जोङको घरबाट लागेको आगोले ८ घर जलेर नष्ट भइसकेको स्थानीय सुमन लावतीले जानकारी दिए । मंगलबार रातको २:०० बजेदेखि भएको आगलागीले जलेर घरहरु पूर्ण क्षति भएको छ । आगलागीले मानवीय क्षति भने नभएको बताइएको छ । स्थानीयहरुको सहभागितामा आगो निभाउने प्रयास भइरहेको बताएको छ । आगलागी अझैँ नियन्त्रणमा आइनसकेकाले क्षतिको विवरण आउन बाँकी छ । आगलागी के कारणले भएको खुल्न नसकेको बताइएको छ ।

Read More

झापा ।  झापाको शिवसताक्षी नगरपालिकामा दुई वटा सवारी साधन एक-आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मोरङ उर्लाबारीका ४५ बर्षिय गुरुचन चौधरी र १८ बर्षिय कुमकुम चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । गुरुचरण र कुमकुम बाबुछोरी हुन् । मंगलबार बिहान पूर्वबाट पश्चिमतर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा कारमा त्यसमा सवार उनीहरूको मृत्यु भएको हो । दुर्घटनाबाट गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि बिर्तामोडमा रहेको बिएण्डसी अस्पताल लगिएको थियो । उनीहरूको उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । घाइते भएका अन्य ६ जनाको उपचार भइरहेको जिल्ला ट्राफिक…

Read More

काठमाडौं । संक्रमणकालीन न्याय प्रक्रियालाई चाँडो टुंग्याउन सरकारले ल्याएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) तेस्रो संशोधन विधेयक–२०७९ अलपत्र छ । प्रतिनिधि सभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिमा छलफलका लागि पुगेको उक्त विधेयक तोकिएको समयमा प्रतिवेदन नबुझाउँदा अलपत्र परेको हो । अन्तर्राष्ट्रिय स्तरमासमेत चासो रहेको यो विधेयक फास्ट ट्रयाकका रूपमा पारित गर्ने भनिएको भनिए पनि समितिमा पुगेको २ महिनासम्म अघि बढ्न सकेको छैन । सरकारले गत ४ मंसिरको आमनिर्वाचनअघि नै उक्त विधेयक संसद्बाट पारित गराउन खोजेको थियो । दलहरूले सहमतिअनुसार नै उक्त विधेयक समितिमा पुगेको भए पनि पछिल्लो समय यस विषयमा सत्ता पक्ष र प्रतिपक्षी दलहरूबीच…

Read More

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप पेचिलो बन्दै गएको छ। सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय समितिको बैठक टार्दै आएका बेला केन्द्रीय सदस्य मधु आचार्यले बैठकको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिएका छन्। पार्टीको विधानले नचिन्ने पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमार्फत निर्णय लिँदै आएको कांग्रेसले मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समीक्षाका लागि समेत अहिलेसम्म बैठक बोलाएको छैन। राष्ट्रपति निर्वाचनपछि मात्र बस्ने भन्दै यसअघि बोलाइएको बैठक पनि कांग्रेसले सारेको थियो। राष्ट्रपति निर्वाचन सम्पन्न भएर चुनावपछि भत्केको गठबन्धन फेरि पुरानो ठाउँमा आएको छ। तर कांग्रेस केन्द्रीय समितिको बैठक ११ महिनादेखि बस्न सकेको छैन। विधानतः हरेक दुई महिनामा केन्द्रीय समितिको बैठक बस्नुपर्ने…

Read More