झापा । इलामको माङ्सेबुङ ५ बार्हलाखे माङमिक्तोक्ला टोलमा आगलागीले ८ घर जलेर नष्ट भएका छन् ।
समिर चेम्जोङको घरबाट लागेको आगोले ८ घर जलेर नष्ट भइसकेको स्थानीय सुमन लावतीले जानकारी दिए ।
मंगलबार रातको २:०० बजेदेखि भएको आगलागीले जलेर घरहरु पूर्ण क्षति भएको छ ।
आगलागीले मानवीय क्षति भने नभएको बताइएको छ । स्थानीयहरुको सहभागितामा आगो निभाउने प्रयास भइरहेको बताएको छ ।
आगलागी अझैँ नियन्त्रणमा आइनसकेकाले क्षतिको विवरण आउन बाँकी छ । आगलागी के कारणले भएको खुल्न नसकेको बताइएको छ ।
Facebook Comments Box
