झापा । झापाको शिवसताक्षी नगरपालिकामा दुई वटा सवारी साधन एक-आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मोरङ उर्लाबारीका ४५ बर्षिय गुरुचन चौधरी र १८ बर्षिय कुमकुम चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । गुरुचरण र कुमकुम बाबुछोरी हुन् ।
मंगलबार बिहान पूर्वबाट पश्चिमतर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा कारमा त्यसमा सवार उनीहरूको मृत्यु भएको हो ।
दुर्घटनाबाट गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि बिर्तामोडमा रहेको बिएण्डसी अस्पताल लगिएको थियो ।
उनीहरूको उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । घाइते भएका अन्य ६ जनाको उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले जानकारी दिए ।
Facebook Comments Box
