Author: खबरमञ्च

काठमाडौँ- रौतहटको रूबीकुमारी साहको हत्या आरोपी लक्ष्मण पासवानको बुधबार साँझ उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको छ । आत्मदाहको प्रयास गरेका उनलाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो । उनको उपचारका क्रममा आज साँझ ६ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए । बुधबार बिहान आत्मदाहको प्रयास गरेको अवस्थामा उनलाई फेला पारिएको थियो । केही दिन अघि रौतहटमा सुटकेशभित्र साहको शव भेटिएको थियो । आत्मदाह गर्नु अघि उनले उक्त घटनामा आफू संलग्न रहेको स्वीकार्दै भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । सो भिडियोका अनुसार साह पासवानका पूर्व प्रेमिका हुन्…

Read More

काठमाडौँ- नेपाल सरकारले सम्पूर्ण सामाजिक सञ्जालहरूलाई सात दिनभित्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत हुन ‘अन्तिम पटक’ सार्वजनिक आह्वान गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । मन्त्री गुरुङले तोकिएको समयसीमाभित्र सूचीकरण नहुने वा सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाललाई नेपालमा क्रमशः निष्क्रिय पारिने निर्णय भएको बताएका छन् । साथै, सूचीकृत हुनेबित्तिकै त्यस्ता सामाजिक सञ्जाललाई पुनः सक्रिय गराउन मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय पनि भएको छ । पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव भरतमणि सुवेदीको स्वैच्छिक अवकाशसमेत स्वीकृत…

Read More

झापा- झापाबाट इलामतर्फ लैजाँदै गरेको अवस्थामा १ सय ग्राम ब्राउन सुगरसहित दुई जना मेचीनगरबाट पक्राउ परेका छन् । बुधबार दिउँसो करिब साढे १२ बजे मेचीनगर–८, गिरीगाउँमा इँटाभट्टाबाट सलकपुरतर्फ जाँदै गरेको मे ११ प ४२३३ नम्बरको मोटरसाइकललाई शङ्का लागेर चेकजाँच गर्दा ब्राउन सुगर बरामद भएको हो । मोटरसाइकलका चालक मेचीनगर–८ बस्ने ३२ वर्षीय अजय मेचे र पछाडि सवार भारत नक्सलवारीका ३० वर्षीय टान्टु भन्ने कनकन राह पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, राहले हातमा बोकेको कालो प्लास्टिकको झोलाभित्र रहेको एउटा पोकाभित्र प्लास्टिकसहित १ सय ग्राम ब्राउन सुगर फेला परेको थियो । मोटरसाइकल र लागूऔषधसहित दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धानका…

Read More

भद्रपुर (झापा)- चालु आर्थिक वर्षको पहिलो महिनामा काँकडभिट्टाबाट रु एक अर्ब ५० करोड १३ लाख ६५ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार आव २०८१/८२ को सोही अवधिको तुलनामा रु पाँच करोड २२ लाख अर्थात् तीन दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा वृद्धि भएको छ । आयातमा सामान्य वृद्धि भएसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व पनि ११ दशमलव ८० प्रतिशत अर्थात् रु सात करोड ९१ लाख ५३ हजारले बढेको उनले बताए। पेट्रोलियम पदार्थ आयातबाट रु ७४ करोड ८३ लाख ३२ हजार राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा रु ७७ करोड तीन…

Read More

झापा- झापाको कन्काई नगरपालिका-८, विरिङ पुलमा मंगलबार भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ भने चारजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय, बिर्तामोडका अनुसार राति ८:४० बजे पूर्वपश्चिम राजमार्गमा दुईवटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा सुरुङ्गाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ च ५४४६ नम्बरको पिकअप भ्यान र विपरीत दिशाबाट गइरहेको मे १ च ३४४० नम्बरको मारुती भ्यान ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका मारुती भ्यानका चालक शिवसताक्षी–७ का २९ वर्षीय नवराज बाँस्कोटालाई तत्काल उद्धार गरी बीएन्डसी अस्पताल पुर्‍याइएको थियो । तर, चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए । सोही भ्यानमा सवार बाँस्कोटाकी पत्नी पुनमदेवी…

Read More

झापा- जिल्लामा नागरिकता प्रमाणपत्रभन्दा राहदानी प्रमाणपत्र लिनेको सङ्ख्या धेरै छ । जिल्ला प्रशासन कार्यालयसहित दमक र गौरीगञ्जको इलाका प्रशासन कार्यालयबाट नागरिकता र राहदानी वितरण हुँदै आएको छ । सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार साउनमा झापामा एक हजार २८९ जनालाई नेपाली नागरिकता प्रमाणपत्र वितरण गरिएको छ । जबकि सोही महिनामा दुई हजार ३३३ जनालाई राहदानी प्रमाणपत्र वितरण भएको छ । नागरिकतामध्ये वंशजका आधारमा लिनेहरू एक हजार २३० जना छन् भने वैवाहिक अङ्गीकृत ५५ जनाले र गैरआवासीय नागरिकता चार जनाले लिएको निरौलाले बताए। गत एक वर्षको तथ्याङ्कले समेत नागरिकताको तुलनामा राहदानी लिनेहरू धेरै रहेको देखाउँछ । आर्थिक वर्ष २०८१/८२ मा…

Read More

झापा – पूर्वराजा ज्ञानेन्द्र शाह १० दिनको बसाइँका लागि आज झापा आइपुगेका छन्। पूर्वराजा शाह, पूर्वरानी कोमल शाह र छोरी प्रेरणा शाहसहितको ६ सदस्यीय टोली आज दिउँसो १२ः४५ बजे बुद्ध एयरको नियमित उडानबाट भद्रपुर विमानस्थल ओर्लिएको हो। उनीहरूलाई भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको नेतृत्वमा रहेको टोलीले स्वागत गरेको थियो। स्वागत गर्नेहरूमा नेपाल विद्वत् परिषद्का केन्द्रीय अध्यक्ष जितबहादुर अर्जेल, पूर्वमन्त्री बद्रीप्रसाद मण्डललगायतका व्यक्तिहरू थिए। विमानस्थलमा स्वागतपछि शाह दमक–९ मा रहेको हिमालयन महालक्ष्मी टी इस्टेटस्थित मिनी दरबारतर्फ प्रस्थान गरेका छन्। उनको सवारीका लागि विभिन्न नम्बरका आठवटा गाडी प्रयोग गरिएको थियो, जसमा बा २१ च ७३१८ नम्बरको मुख्य गाडी समावेश थियो। यसअघि, पूर्वराजा…

Read More

काठमाडौँ- नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक सुरु भएको छ । सोमबार, तीजको पहिलो दिन, विशेष गरी ‘दर’ खाएर यो पर्व मनाइँदैछ । भोलिपल्ट बस्ने निराहार व्रतको तयारीस्वरूप महिलाहरूले आज राति विभिन्न पौष्टिक र स्वादिष्ट परिकारहरू खाँदैछन् । तीजको व्रत बस्नुअघि शरीरमा शक्ति कायम राख्न र भोकलाई नियन्त्रण गर्न सहयोग पुर्‍याउने उद्देश्यले दर खाने चलन छ । दरमा विशेषगरी दूधबाट बनेका परिकारहरू जस्तै खिर, गुँद, हलुवा, घिउ, दही, मिठाई र सेलरोटीलगायतका खानेकुराहरू खाने गरिन्छ । ठाउँ र समुदायअनुसार दरका परिकार फरक-फरक हुने भए पनि माछामासु नखाई चोखो खानेकुरा खाने चलन छ । विवाहित महिलाहरूले पतिको दीर्घायु र सुस्वास्थ्यको…

Read More

भद्रपुर (झापा)- चालु आर्थिक वर्ष २०८२/ ८३ को पहिलो महिना साउनमा पूर्वीनाका काँकरभिट्टाबाट रु तीन अर्ब ६९ करोड ४० लाख मूल्य बराबरका मालवस्तु आयात भएका छन् । यो गत आव २०८१/८२ को सोही अवधिको तुलनामा रु १९ करोड दुई लाखले घटेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंले जानकारी दिए। उनका अनुसार गत आवमा रु तीन अर्ब ८८ करोड ४३ लाख बराबरको बस्तु तथा सामान आयात भएको थियो । चालु आर्थिक वर्षको साउन महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ । चालु आवको साउनमा रु एक अर्ब ५४ करोड २८ लाख बराबरको सामान विभिन्न मुलुक निर्यात भएको…

Read More

झापा- झापाको कचनकवल गाउँपालिकामा १६ वर्षीया एक नाबालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका-७ बस्ने ७१ वर्षीय पहलमान पौडेल खत्री र सोही ठाउँका ५५ वर्षीय रत्नबहादुर तामाङ रहेका छन् । उनीहरूले नाबालिकालाई पाथीभरा सामुदायिक वनमा लगेर डरत्रास देखाउँदै तथा ललाई फकाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । नाबालिकाकी आमाले हिजो जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरी टोलीले खत्री र तामाङलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।

Read More