Author: खबरमञ्च

काठमाडौं । सोलखुम्बुको नाम्चे बजारमा विगत केही वर्षको तुलनामा यस वर्ष सबैभन्दा बढी गर्मीको महसुस गरिएको छ ।समुन्द्र सतहबाट ३ हजार ४ सय मिटरको उचाइमा रहेको नाम्चे बजारमा शनिबारको तापक्रम १३ डिग्री सेल्सियस पुगेको छ । यो पछिल्लो १२ वर्षमा सबैभन्दा बढी हो। नाम्चे बजारमा १२ वर्षअघि पनि यस्तै तापमान महसुस गरिएको स्थानीयवासीले बताएका छन् । नाम्चे बजारमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म घाम लाग्ने भएकाले तापक्रम दोहोरो अंकमा पुगेको हो । विगत केही वर्षदेखि नाम्चे बजारको औसत तापक्रम ४–५ डिग्री सेल्सियस रहँदै आएको थियो । नेपालको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यस क्षेत्रमा तत्कालै पानी पर्ने सम्भावना…

Read More

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले सबै राजनीतिक दलहरुमा सहमति हुने अवस्था आए काँग्रेसले प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने व्यवस्थालाई स्वीकार गर्ने बताएका छन् । शनिवार भक्तपुरमा आयोजित काँग्रेस जिल्ला सम्मेलनमा सभापति देउवाले सबै राजनीतिक दलले प्रत्यक्ष निर्वाचन प्रणालीलाई अवलम्बन गर्न एक मत भए सो प्रणलीको लागि संविधान संशोधन गर्नुपर्ने र त्यसका लागि समय लागेपनि काँग्रेस सहमत हुने बताए । ‘साथीहरुले उठाएको कुरा महत्वपूर्ण हो तर, पार्टीमा सबैलाई चित्त बुझाएर जानुपर्ने अवस्था छ । त्यसकारणले समावेशी समानुपातिक रुपमा उम्मेदवारहरु प्रतिनिधिसभामा उठाउनुपर्छ भन्ने विचार उच्च हो तर,त्यसको लागि संविधानको संशोधन आवश्यक छ । त्यसको लागि दुई तिहाई बहुमत चाहिन्छ। सबै राजनीतिक…

Read More

कैलाली । भारतले नेपाललाई दिने भनिएको ७ वटा मुर्रा राँगो संघीय संसदमा रमिता र घोचपेचको विषय बनेपनि कृषि कर्ममा लागेका नेपालीका लागि भने यस्ले उत्साहको सञ्चार गराएको छ । मुर्रा राँगोको प्रजनन क्षमता र यसको सहयोगबाट उत्पादन हुने भैंसीको दूध दिने क्षमता असीमित हुने भएकोले पनि दूग्ध उत्पादक किसानहरु खुसी देखिएका छन् । नेपालमा भैसीलाई बहुउपयोगी पशुकोरुपमा पाल्ने चलन छ । दूध दिन सक्षम भएसम्म दूध, दही, मोही र घ्यूको रुपमा र दूध दिने क्षमता गुमाएपछि मासुकोरुपमा प्रयोग गर्ने चलन छ । यस्कारण पनि भैसी पाल्ने किसानको संख्या नेपालमा बढ्दो छ । कैलालीको गोदावरी नगरपालिका – ३ मालाखेतीमा रहेको स्वर्णिम…

Read More

काठमाडौं । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका वकिलहरू भुटानी शरणार्थी नेता टेकनाथ रिजालमाथि खनिएका छन्। जिल्ला अदालत काठमाडौंमा चलिरहेको थुनछेक बहसका क्रममा शुक्रबार रायमाझीको तर्फबाट प्रतिरक्षा बहस गरेका वकिलहरू रिजालमाथि खनिएका हुन्। रायमाझी र रिजाल दुवै नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित व्यक्ति हुन्। दुबैविरुद्ध यो प्रकरणमा संलग्न भएको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा चलिरहेको छ। शुक्रबारको बहसमा रायमाझीका वकिलहरूले रिजालको दिमागी अवस्थामाथि नै टीकाटिप्पणी गर्दै बहस गरेका छन्। रायमाझीको पक्षबाट बहस गरेका पूर्वन्यायाधिवक्ता रमेश बडालले रिजालको ‘माइन्ड कन्ट्रोल’ अरूकै हातमा भएको दाबी गरे। ‘एउटा माइन्ड कन्ट्रोल अरूकै हातमा भएको मान्छेले दिएको बयान पत्याउने श्रीमान्रु’उनले भने, ‘उनको दिमाग अरूकै माइन्ड कन्ट्रोलमा हुने…

Read More

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन् । संवैधानिक परिषदबाट २५ वैशाखमा प्रधानन्यायाधीशमा सिफारिस भएका कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिले १७ जेठमा सार्वजनिक सूचनामार्फत १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार शुक्रबारसम्मको समयसीमाभित्र कार्कीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गर्न २९ वटा उजुरी प्राप्त भएका छन् । पाँचवटा उजुरी इमेलबाट प्राप्त भएको र बाँकी लिखित आएको उनले बताए । कार्कीविरुद्ध बहालवाला जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले नै सुनुवाइ समिति सचिवालयमा उजुरी दर्ता गराएका छन् । यसबाहेक अधिवक्ताहरू यादव कोइराला, अमृत खरेल, ध्रुवबहादुर श्रेष्ठ तथा अभियन्ता रतन भण्डारीलगायतले कार्की प्रधानन्यायाधीश पदका लागि कुनै हालतमा योग्य…

Read More

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण गरेको प्रतिलिपि झिकाउन आदेश दिएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको विधेयकको प्रतिलिपि झिकाउन आदेश दिएको हो। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले उक्त प्रमाणीकरणविरूद्ध सर्वोच्चमा रिट निवेदन दिएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारले गरेको प्रमाणीकरण गराउन अनुरोध गर्ने जेठ १२ गतेको निर्णय र राष्ट्रपति पौडेलबाट जेठ १७ गते भएको प्रमाणीकरणको प्रतिलिपि राष्ट्रपति कार्यालय शीतल निवासबाट झिकाउन आदेश दिएको हो ।

Read More

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानको नाममा अराजकता फैलाउँनेलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् ।शुक्रवार प्रतिनिधिसभा बैठकमा आफ्ना नेताहरूलाई ‘पहिचान पक्षधर’ भनिनेहरूले आक्रमण गरेको तर सरकारले कुनै कारवाही नगरेको भन्दै एमाले सांसदहरुले प्रश्न उठाएपछि उनले पहिचानको नाममा अराजकता मच्चाउनेलाई नछोड्ने चेतावनी दिए । उनले अराजक गतिविधि गर्ने सार्वजनिक संस्थाहरुको सुरक्षामा चुनौती उत्पन्न गर्ने काम गर्ने कसैलाई सरकारले छुट नदिने दृढता व्यक्त गरे ।उनले भने,‘ अराजक गतिविधि गर्ने । सार्वजनिक संथाहरुको सुरक्षामा चुनौती उत्पन्न गर्ने । अराकपूर्वक काम गर्ने सरकारले कसैलाई छुट दिने छैन् । कारवाहीको कानुनी दायरामा ल्याउन सरकार दृढ छ ।’ आन्दोनकारीहरुले विषयबस्तु ठिक ढङग्ले प्रस्तुत…

Read More

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले आफ्नो दलका शीर्ष नेतालाई एम्बुसमा पार्ने प्रयास भएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा उनले कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर आफ्नो दलका नेताहरुमाथि हत्या प्रयास भएको भन्दै आक्रोश पोखे । उनले भने, ‘राजधानी र प्रदेशको नाम तोक्ने अधिकार प्रतिनीधि सभा वा अन्य कुनै राजनीतिक दललाई छैन् । कोशी प्रदेशको नाम के राख्ने त्यो कोशी प्रदेशको अधिकार हो ।’ केही महिना अगाडि एमाले अध्यक्ष केपी शर्मा ओली, पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतको शीर्ष नेतृत्वको टोलीमाथि झापाको चारआलीदेखि इलाम, पाँचथर र तेह्रथुमसम्म पुग्दा सडकहरुमा अवरोध सिर्जना गर्ने, रुखहरु ढाल्ने, गाडीमा ढुंगामुढा…

Read More

काठमाडौं । निर्वाचन आयोग नेपालले आज सर्वदलीय बैठक बोलाएको छ । जिल्ला निर्वाचन कार्यालयल खारेज गर्ने सरकारी प्रस्तावबारे आयोगले विभिन्न दलसँग छलफल गर्न लागेको हो । जिल्ला निर्वाचन आयोगको खारेज गर्ने सरकारी प्रस्तावसंगै अन्य चार विषयमा छलफल गर्न आयोगले सर्वदलीय बैठक बोलाएको निर्वाचन आयोगका सूचना अधिकारी सुर्य प्रसाद अर्यालले बताए । आयोगका सूचना अधिकारी अर्यालले बैठकमा जिल्ला निर्वाचन आयोग कार्यालय खारेजी प्रति सरकारलाई ध्यानाकर्षण गराउने, आयोजको एकीकृत निर्वाचन कानून निर्माण लगायतका पाँच वटा विषयमा छलफल गर्ने जानकारी दिए । उनले भने, ‘सर्वदलीय बैठकमा मुख्यगरी सरकारले जिल्ला निर्वाचन आयोग खारेजी गरेको विषयमा ध्यानाकर्षण गराउने, अन्तिम चरणमा पुगेको एकीकृत निर्वाचन कानून निर्माण…

Read More