काठमाडौं । सोलखुम्बुको नाम्चे बजारमा विगत केही वर्षको तुलनामा यस वर्ष सबैभन्दा बढी गर्मीको महसुस गरिएको छ ।समुन्द्र सतहबाट ३ हजार ४ सय मिटरको उचाइमा रहेको नाम्चे बजारमा शनिबारको तापक्रम १३ डिग्री सेल्सियस पुगेको छ । यो पछिल्लो १२ वर्षमा सबैभन्दा बढी हो।

नाम्चे बजारमा १२ वर्षअघि पनि यस्तै तापमान महसुस गरिएको स्थानीयवासीले बताएका छन् । नाम्चे बजारमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म घाम लाग्ने भएकाले तापक्रम दोहोरो अंकमा पुगेको हो । विगत केही वर्षदेखि नाम्चे बजारको औसत तापक्रम ४–५ डिग्री सेल्सियस रहँदै आएको थियो ।

नेपालको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यस क्षेत्रमा तत्कालै पानी पर्ने सम्भावना छैन । छिटपुट वर्षा हुन सक्छ तर तापक्रम घट्ने अपेक्षा भने गरिएको छैन।
Facebook Comments Box
