काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण गरेको प्रतिलिपि झिकाउन आदेश दिएको छ ।
शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको विधेयकको प्रतिलिपि झिकाउन आदेश दिएको हो।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले उक्त प्रमाणीकरणविरूद्ध सर्वोच्चमा रिट निवेदन दिएका थिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारले गरेको प्रमाणीकरण गराउन अनुरोध गर्ने जेठ १२ गतेको निर्णय र राष्ट्रपति पौडेलबाट जेठ १७ गते भएको प्रमाणीकरणको प्रतिलिपि राष्ट्रपति कार्यालय शीतल निवासबाट झिकाउन आदेश दिएको हो ।
Facebook Comments Box
