Author: खबरमञ्च

झापा । झापाको एक क्रसर उद्योगमा एक मजदुरको मृत्यु भएको छ । अर्जुनधारा–७ मा रहेको मंगलश्री क्रसर उद्योगमा ती मजदुरको मृत्यु भएको हो ।  मृत्यु हुनेमा ताप्लेजुङ घर भएका अन्दाजी २३ वर्षीय अर्जुन भट्टराई रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  प्रहरीका अनुसार मिलन बस्नेतले सञ्चालन गरेको क्रसर उद्योगमा सोमबार दिउँसो मिक्स गिट्टी लोड गर्ने क्रममा टिपर पल्टिँदा किचिएर मजदुर भट्टराईको घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय अनारमनीले प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

काठमाडौं । गृह मन्त्रालयले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सोमबार एक सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै त्यसको खण्डन गरेको छ । साेमबार एक पत्रिकाले कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटाैलालाई पक्राउ गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आदेश दिइएको भनेर समाचार प्रकाशित गरेको थियाे । साे विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गृहले मन्त्रीले कुनै पनि व्यक्तिलाई पक्राउ गर्नू या नगर्नू भनेर कुनै आदेश नदिएको जनाएको छ । सत्यमा आधारित नभई प्रकाशित यस्ता खालका समाचारले मन्त्रालयले हाल सञ्चालन गरिरहेको अपराध र भ्रष्टाचार नियन्त्रणको अभियानलाई दिग्भ्रमित पार्न उद्यत समूहलाई मात्र फाइदा पुग्ने विषयतर्फ जिम्मेवार प्रकाशन संस्था सतर्क हुनु पर्ने स्पष्ट गरेको…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेकै गठबन्धनको सरकार पाँच वर्ष चल्ने बताएका छन् । धादिङको गजुरीमा रहेको आदर्श बहुमुखी क्याम्पसको नवनिर्मित भवनको सोमबार उद्घाटनका क्रममा बोल्दै प्रधानमन्त्री दाहालले वर्तमान गठबन्धन नै पाँच वर्ष रहने बताएका हुन् । १८ औँ शताब्दीमा कार्ल मार्क्सले समाजवाद र साम्यवादको परिकल्पना गरिरहँदा दुनियाँले के भन्छ भन्ने नसोची तिमी आफू आफ्नो उद्देश्यमा अगाडि बढ भनेको स्मरण गर्दै प्रधानमन्त्रीले अहिले पनि आफू दुनियाँले के भन्छ भन्नेभन्दा पनि राम्रो काममा ध्यान दिने गरेको बताए । भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो गरेको भए पनि राम्रो गरेको देखि नसहने नकारात्मक प्रवृत्ति हावी भएको उनले बताए । आफूले देश…

Read More

काठमाडौँ । रास्वपाले जिल्ला निर्वाचन कार्यालय नराखे सडक र सदनबाट आन्दोलन गर्ने चेतावनी दिएको  छ । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपाका सांसद सन्तोष परियारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णय तत्काल सच्याउन चेतावनी दिएका हुन् । उनले भने, ‘राजनीतिक आन्दोलनले स्थापित गरेको व्यवस्था हो यो । यो व्यवस्थामाथि षड्यन्त्र गर्न पाइँदैन । स्वतन्त्र र संवैधानिक व्यवस्था भएको निर्वाचन आयोगलाई सरकारको सिडिओ कार्यालयमार्फत राख्नु राजनीतिक कुचेष्टा हो’, ‘यसले लोकतन्त्रलाई बलियो बनाउँदैन ।’ उनले बजेटमार्फत सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने भनेर प्रस्ताव गरिएको भन्दै यसले जनताको मताधिकारमा असर गर्नेमात्र नभई स्वतन्त्र रुपमा जन्मिएका नयाँ पार्टीहरुलाई राष्ट्रिय राजनीतिमा बन्देज लगाउने षड्यन्त्रपूर्वक…

Read More

झापा । अन्तर्राष्ट्रिय लागू औषध तथा अवैध तस्करीविरुद्धको दिवसको अवसरमा झापामा साेमबार प्रभातफेरी निकालिएको छ । बिर्तामोड नगरपालिका र इलाका प्रहरी कार्यालय अनारमनीसहित विभिन्न संघ संस्थाको अगुवाइमा निकालिएको प्रभातफेरीमा विभिन्न संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधि र विद्यार्थीकोसमेत सहभागिता रहेको थियो । बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रादेवी महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सुरज कार्कीलगायतले झापालाई लागुऔषधबाट मुक्त रोख्ने प्रतिबद्धता जनाएका थिए । पछिल्लो समय झापा लागू औषध कारोबारको ट्रान्जित विन्दु बन्दै गएको छ ।

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाले करको दायरमा ब्यापक विस्तार गरेको छ । महानगरपालिकाले आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा करको दायर र करका दरमा ब्यापक विस्तार गरेको हो । महानगरले विभिन्न व्यवसायको प्रकृति र लगानीको अवस्था हेरेर कर तोकेको छ । जस अनुसार घरेलुमा दर्ता भएका हल्का पेय पदार्थका उद्योगहरुले अब वार्षिक ५० हजार रुपैयाँ कर तिर्नु पर्नेछ । त्यस्ता उद्योगको नवीकरण शुल्क दुई हजार तोकिएको छ । यस्तै, डिस्टिलरी उद्योगलाई ५० हजार रुपैयाँ, विभिन्न निर्यातयोग्य वस्तु तथा व्यवसायलाई पाँच हजार र आयातयोग्य वस्तु तथा व्यवसायलाई १० हजार रुपैयाँ कर तोकिएको छ । मिनरल वाटर उद्योगलाई पाँच हजार, आइसक्रिम उद्योगमा…

Read More

काठमाडौं । उडिरहेको विमानमा प्राविधिक समस्था देखिएपछि काठमाडौं फिर्ता लगेर सुरक्षित अवतरण गराइएको छ । आज विहान काठमाण्डौंबाट धनगढीका लागि उडेको श्री एयरलाईन्सको विमानमा समस्या देखिएपछि आकाशबाटै काठमाडौँ फर्किएको थियो । श्री एयरलाईन्सको नोबेम्बर इको विमानमा प्राविधिक समस्या देखिएपछि फर्किएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । विमानस्थल कार्यालयका अनुसार आज विहान ७ः५० मा काठमाडौँबाट उडेको उक्त विमान केही समयपछि पुनः काठमाडौं नै फर्किएको थियो । विमानस्थल कार्यालयका अनुसार जहाजमा प्रेसराइजेशनको समस्या देखिएपछि काठमाडौं फर्किएको हो । विमानमा सवार ७६ जना यात्रुहरुलाई ९ बजेर ५० मिनेटमा अर्को विमानमार्फत धनगढी पठाइएको छ।

Read More

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा निस्कने भएका छन्। आगामी मंगलबार चार दिने भ्रमणको क्रममा उनी चीन जान लागेका हुन्। श्रेष्ठको सचिवालयका अनुसार ७ सदस्यीय टोलीसहित उनी चीनको छेन्दु शहरमा जान लागेका हुन्।  चीनको छेन्दुमा हुने एक व्यापार मेलामा बिशेष अतिथिको रुपमा सहभागी हुनका लागि उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ जान लागेका हुन्। उनको टोलीमा गृह मन्त्रालयका सहसचिवसहितको प्रतिनिधित्व रहने जनाइएको छ।

Read More

काठमाडौं । वर्तमान आठ दलीय गठबन्धनको भरमा बनेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सत्ता टिकाउन सत्ता गठबन्धनमा आवद्ध दलहरू नै चुनौती बन्दै गएका छन् । पाँच वर्ष सँगै रहेर आलोपालो सरकार चलाउने सहमतिसहित गठबन्धन गरेका दलका नेताहरूले सरकारको हरेक काम कारबाहीमा असन्तुष्टि जनाउन थालेपछि प्रचण्डलाई सत्ता जोगाउन आफ्नै गठबन्धन दलबाट चुनौतीको सामना गर्नुपरेको छ । सरकारमा सहभागी नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको छुट्टै मोर्चा बनेपछि गठबन्धनभित्रको खटपट अझै चुलिएको छ । कम्युनिस्ट पार्टीहरूबीच मोर्चाबन्दी गर्दा सत्ता टिकाउन केही सहजता देखेर आफ्नै पहलमा चार दलीय समाजवादी मोर्चा बनाएका प्रधानमन्त्री प्रचण्डको उक्त निर्णय आफ्नै लागि…

Read More

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दोस्रो अधिवेशनको ३४औँ बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान १० बजे बस्न लागेको हो । बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ । विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकहरूमाथिको छलफलका क्रममा उठाइएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची छ । आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल हुनेछ। विभिन्न संसद्ले यस कार्यालयको खर्च कटौती गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् । त्यसैगरी आजदेखि बैठकमा मन्त्रीहरूले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यको सुरुवात हुनेछ । जसअनुसार आज गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी…

Read More