झापा । झापाको एक क्रसर उद्योगमा एक मजदुरको मृत्यु भएको छ ।
अर्जुनधारा–७ मा रहेको मंगलश्री क्रसर उद्योगमा ती मजदुरको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ताप्लेजुङ घर भएका अन्दाजी २३ वर्षीय अर्जुन भट्टराई रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार मिलन बस्नेतले सञ्चालन गरेको क्रसर उद्योगमा सोमबार दिउँसो मिक्स गिट्टी लोड गर्ने क्रममा टिपर पल्टिँदा किचिएर मजदुर भट्टराईको घटनास्थलमै मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय अनारमनीले प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Facebook Comments Box
