काठमाडौं । उडिरहेको विमानमा प्राविधिक समस्था देखिएपछि काठमाडौं फिर्ता लगेर सुरक्षित अवतरण गराइएको छ ।
आज विहान काठमाण्डौंबाट धनगढीका लागि उडेको श्री एयरलाईन्सको विमानमा समस्या देखिएपछि आकाशबाटै काठमाडौँ फर्किएको थियो ।
श्री एयरलाईन्सको नोबेम्बर इको विमानमा प्राविधिक समस्या देखिएपछि फर्किएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
विमानस्थल कार्यालयका अनुसार आज विहान ७ः५० मा काठमाडौँबाट उडेको उक्त विमान केही समयपछि पुनः काठमाडौं नै फर्किएको थियो । विमानस्थल कार्यालयका अनुसार जहाजमा प्रेसराइजेशनको समस्या देखिएपछि काठमाडौं फर्किएको हो ।
विमानमा सवार ७६ जना यात्रुहरुलाई ९ बजेर ५० मिनेटमा अर्को विमानमार्फत धनगढी पठाइएको छ।
Facebook Comments Box
