झापा । अन्तर्राष्ट्रिय लागू औषध तथा अवैध तस्करीविरुद्धको दिवसको अवसरमा झापामा साेमबार प्रभातफेरी निकालिएको छ ।
बिर्तामोड नगरपालिका र इलाका प्रहरी कार्यालय अनारमनीसहित विभिन्न संघ संस्थाको अगुवाइमा निकालिएको प्रभातफेरीमा विभिन्न संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधि र विद्यार्थीकोसमेत सहभागिता रहेको थियो ।
बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रादेवी महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सुरज कार्कीलगायतले झापालाई लागुऔषधबाट मुक्त रोख्ने प्रतिबद्धता जनाएका थिए ।
पछिल्लो समय झापा लागू औषध कारोबारको ट्रान्जित विन्दु बन्दै गएको छ ।



Facebook Comments Box
