Author: खबरमञ्च
काठमाडौं । नेकपा माओवादी केन्द्रले विधान संशोधन गर्ने भएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले कमिटी विधान विपरीत भएकाले विधान संशोधन गर्ने निर्णय गरेको हो । पार्टी प्रवक्ता कृष्णबहादुर महराले स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै बैठकले उक्त निर्णय गरेको बताए । उनले भने, ‘आज विधान संशोधन गरेर कमिटीहरूमा थप केही महिला, समावेशी, केही युवा र छुटेका सिनियर साथीलाई ल्याउने भन्ने भएको छ । को ल्याउने भन्ने निर्णय भएको छैन ।’ अहिले सरकार र पार्टीको कामकारबाहीको विषयमा पनि आफ्ना कुरा राख्ने उनले बताएका छन् ।
काठमाडौं । न्यायलयमा मुद्दाका चाङ बढ्दै गएपनि राजनीतिक खिचातानीका कारण तीनै तहका न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन । प्रधानन्यायाधीश नियुक्तीको सिफारिस गर्न मंगलबार बसेको संबैधानिक परिषद् बैठक बिहीबार बस्नेगरी बिना निष्कर्ष सकिएको छ । बिहीबार ५ बजे बस्ने बैठकले पनि नयाँ प्रधानन्यायाधीश नियुक्तीको सिफारिस गर्नेमा आशंका गरिएको छ । साथै सर्वोच्च, उच्च र जिल्ला अदालतमा लामो समय देखि न्यायाधीशहरू रिक्त छन् । न्यायाधीश नियुक्ति गरेर न्याय सम्पादनलाई चुस्त र दुरुस्थ बनाउन सरकारको ध्यान पुगेको छ । सर्वोच्च अदालतमा शुक्रबारदेखि प्रधानन्यायाधीशसहित ७ जना न्यायाधीश रिक्त हुँदैछन् । त्यस्तै, उच्च अदालतमा मुख्य न्यायाधीशसहित ५४ जना र जिल्ला न्यायाधीश ३८ जना…
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक लगतै स्थायी कमिटी बैठक सुरु भएको छ । आजैदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकमा पेस गर्ने प्रतिवेदनहरू पारित गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी स्थायी कमिटी बैठक सुरु भएको हो । स्थायी कमिटी बैठक बस्नुअघि माओवादी पदाधिकारी बैठक पेरिसडाँडामै बसेको थियो । स्थायी कमिटी बैठक लगतै आजदेखि माओवादी केनद्रको केनद्रीय कमिटी बैठक बस्दैछ । बैठक काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने छन् । पाँच दिनसम्म चल्ने भनिएको केन्द्रीय कमिटी बैठकमा बैठकमा ३ सय ८५ जना केन्द्रीय समिति सदस्य, १ सय…
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानन्यायाधीश नियुक्तमा बार्गेनिङ गर्न लागेको सत्तारुढ राजनीतिक दलका नेताहरूले गुनासो गर्न थालेका छन् । हरिकृष्ण कार्कीले अनिवार्य अवकाश पाउन चारदिन अघि बसेको संबैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले न्यायाधीश नियुक्तीका साथै संसदीय समितिका सभापतिहरूको टुंगो लगाउनु पर्ने प्रस्ताव गरेका छन् । जसले गर्दा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्न मंगलबार बसेको संवैधानिक परिषद् बैठक बिहीबार ५ बजे पुनः बस्नेगरी स्थगित भएको छ । सुन तस्करीका विषयमा उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएको एमालेले न्यायाधीशसहितका अन्य विषय पनि टुंगो लगाउनु पर्ने प्रस्ताव गर्दै गरेको स्रोतको…
काठमाडौँ । कोसी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार नियुक्त गरेका हुन् । मुख्यमन्त्रीमा नियुक्त थापाको पद तथा गोपनीयताको शपथ भोलि (बुधबार) बिहान १०ः३० बजे हुने बताइएको छ । नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एकीकृत समाजवादी)का चार र जसपाका एक सांसदको समर्थनमा थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यस अघि पनि मुख्यमन्त्री नियुक्त भएका थापा सर्वोच्च अदालतको परमादेशपछि पदमुक्त भएका थिए ।
काठमाडौँ । भारतबाट पेट्रोल, डिजेल र मटिट्तलेको मूल्य बढेर आएको छ । इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीअनुसार डिजेल पेट्रोल र मटितेलको मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार पेट्रोलममा साढे ८ रुपैयाँ, डिजेलमा सात र मटि्टतेलमा साढे सात रुपैयाँ बढेर आएको छ । त्यस्तै हवाइ इन्धनमा साढे आठ बढेको छ । एलपीजीमा भने १०० रुपैयाँ घटेर आएको छ सोही अनुसार निगमले एलपीजीको मूल्य घटाउने तयारी गरेको छ ।
काठमाडौं । सत्ता पक्ष र प्रतिपक्षबीच कुरा नमिलेपछि प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित भएको छ । मंगलबार बोलाइएको बैठक बस्दै नबसी साउन २२ गते सोमबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको सभामुखको सचिवालयले जनाएको छ । बैठकअघि मंगलबार नै सभामुखले कार्याव्यवस्था परामर्श समितिको बैठक तथा प्रमुख दलका मुख्य सचेतकको बैठक राखेर सहमतिको प्रयास गरेका थिए । तर, सत्तारुढ दलका प्रतिनिधि संसद सूचना टाँसेर स्थगित गरौँ भनेर सभामुखलाई आग्रह गरेका थियो। त्यसअघि परार्मश समितिको बैठकमा सुन प्रकरणमा उच्च स्तरीय छानविन समिति गठन गर्न माग गर्दै अवरोध गर्दै आएको एमालेले नियमावली बमोजिमको आकस्मिक समयमा अवरोध नगर्ने, गृहमन्त्रीको जावाफ आइसकेपछि प्रतिक्रिया जनाउने…
काठमाडौं । सर्वोच्च अदालतको आदेश अनुसार कोशी प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री दाबी गर्न दिएको समय आज(मंगलबार)सकिंदै छ । प्रदेश प्रमुख खापुङले साँझ ५ बजेसम्म संविधानको धारा १६८को २ अनुसार मुख्यमन्त्री दाबी गर्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई आह्वान गरेका छन् ।तर, अहिलेसम्म नयाँ मुख्यमन्त्रीको टुंगो लागि सकेको छैन । सत्ता गठबन्धनमा रहेका राजनीतिक दलले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई साथमा लिगेर मुख्यमन्त्रीसहित कोशी प्रदेशमा सरकार गठनको प्रयास जारी राखेको छ । एमालेले पनि राप्रपालाई नै विश्वासमा लिगेर संविधानको धारा १६८को ३ अनुसार प्रदेशसभाको ठूलो दलको हैसियतमा सरकारको नेतृत्व गर्ने तयारी गरेको छ । राप्रपाको समर्थन पाउने विश्वाशिलो आधार नपाएपछि सत्ता…
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमाको जारी अवरोध हटाए आज दिउँसो एक बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । सुन तस्करीमा उपप्रधान तथा गृहमन्त्रीको राजीनामा माग गर्दै एमाले साउन १० गते देखि संसद अवरोध गर्दै आएको छ । प्रतिनिधिसभाको बैठक सुचारु गर्न सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको छलफलमा संसदीय समिति गठन गर्दै संसद अवरोध हटाउने समझदारी भएको थियो । तर, एमालेले पछि उच्चस्तरीय छानविन समिति गठनको अडान राखेपछि बैठक सूचना टाँसेर मंगलबार (आज) १ बजेसम्मका लागि स्थगित गरिएको हो । यदि एमाले संसद सुचारु गर्न सहमत भए…
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । केही स्थानमा बिहानैदेखि भारी वर्षा भइरहेको जनाउँदै विभागले बिहानैदेखि आंशिक तथा सामान्य बदली रहने जनाएको हो । कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बाँकी प्रदेशका केही स्थानमा पनि पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागले राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ…