काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
केही स्थानमा बिहानैदेखि भारी वर्षा भइरहेको जनाउँदै विभागले बिहानैदेखि आंशिक तथा सामान्य बदली रहने जनाएको हो ।
कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बाँकी प्रदेशका केही स्थानमा पनि पानी परिरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
विभागले राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेशका पूर्वी भेगमा भने बिहानैदेखि टन्टलापुर घाम लागेको छ ।
