Author: खबरमञ्च
काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । इस्लामाबादस्थित अदालतले उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरुले जनाएका छन् । अदालतले खानलाई तत्काल गिरफ्तार गर्न आदेश दिएपछि लाहोरस्थित घरबाट नै उनलाई हिरासतमा लिइएको बीबीसीले जनाएको छ ।उनलाई एकलाख रुपैयाँ जरिवाना समेत तोकिएको छ । खान २०१८ मा निर्वाचित भएका उनले विश्वासको मत प्राप्त गर्न नसक्दा गत वर्ष प्रधानमन्त्री पद गुमाउनुपरेको थियो ।
काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत अन्य प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको छ । यसको साथै, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रमा थप २२ जना केन्द्रीय सदस्य थपिएका छन् । बुधबारदेखि जारी रहेको केन्द्रीय समिति बैठकले पार्टी विधानअनुसार ३५ प्रतिशत महिला पुर्याउन २२ जना सदस्य थप गरेको केन्द्रीय सदस्य डोरप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार अब केन्द्रीय कमिटी ४०७ जनाको बनेको छ। पार्टी संगठन भद्दा भयो भनेर नेताहरुले आलोचना गरिरहेको बेलामा माओवादीले झन केन्द्रीय सदस्य थप गरेको हो । बैठक पार्टीलाई कसरी अघि बढाउने भन्नेबारे विचारको बहसमा केन्द्रित भएर चलिरहेको वैकल्पिक केन्द्रीय सदस्य भोला सापकोटाले बताए । उनले भने, ‘बैठकमा सुन प्रकरणमा पनि कोही दोषी छ भने छाड्नु हुन्न । आफैभित्र पनि निर्मम बन्न तयार हुनुपर्छ…
झापा । तनावपूर्ण स्थिति बनेको झापा कारागारको अवस्था सामान्य बनेको छ । केदीको सरुवाको विषयमा प्रशासन पछि हटेपछि स्थिति सामान्य बनेको हो । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले कैदीको अन्यत्र कारागार सरुवाको विषय अहिलेलाई थाँती राखेपछि स्थिति सामान्य बनेको बताए । झापा जिल्ला कारागारमा रहेका केही कैदीलाई सुनसरीमा रहेको झुम्का कारागार सरुवा गर्न लाग्दा झापा कारागारका कैदीबन्दीहरूले शुक्रबार विद्रोह गरेका हुन् । कारागारमा रहेका कैदी मनोज लावतीलगायत केही कैदीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारका कैदीबन्दीहरु आन्दोलनमा उत्रेका थिए । कारागारभित्रै कैदी बन्दीहरूले टायर बालेर प्रदर्शन गरेका थिए । सरुवा गर्न कैदीलाई कारागार भित्र छिर्न नदिने कैदीबन्दीहरूले कारागारभित्रैबाट…
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मल्लले सन्यासको घोषणा गर्दा निकै भावविव्हल बनेका थिए । लामो समय राष्ट्रिय क्रिकेट टोलीको प्रारम्भिक व्याट्सम्यानको भूमिकामा रहेका मल्ल शालिन खेलाडीको रुपमा परिचित छन् । सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट राष्ट्रिय क्रिकेटको यात्रामा जोडिएका मल्ल यू–१५ टोलीबाट आफ्नो परीक्षा दिएका थिए । यू–१७, यू–१९ हुँदै २००६ देखि राष्ट्रिय सिनियर टोलीमा डेब्यु गरेका मल्लले २०२३ मा जिम्बावेस्थित हरारे मैदानमा आईसीसी विश्वकप क्वालिफर्यसमा आयरल्यान्डविरुद्ध नेपाल राष्ट्रिय टोलीबाट अन्तिम खेल खेलेका थिए । पूर्व कप्तान मल्लले राष्ट्रिय टोलीबाट खेल्दा कुनै पनि…
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुनको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई दिनेबारे छलफल भएको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग त्यसबारे छलफल भएको थियो । छलफलमा राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गाना, महान्यायाधिवक्ता डा. दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र केन्द्रीय अनुसन्धान ब्युरोकी एआईजी किरण बज्राचार्य सहभागी थिए । सुन कारोबारको प्रकृति ‘सङ्गठित’ देखिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक ढुङ्गानाले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए । छलफलमा महान्यायाधिवक्ता डा.पोखरेलले सङ्गठित अपराधको अनुसन्धान प्रहरीको कार्यक्षेत्र भएको उल्लेख गर्दै केन्द्रीय अनुसन्धान ब्युरोले गर्नुपर्ने बताएका थिए । सुन प्रकरणमा हालसम्म चिनियाँ र भारतीय नागरिकसहित १७ जना थुनामा छन्…
दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ सल्लेमा पहिरोले घर बगाउँदा वेपत्ता भएका चार जनामध्ये एक जनाको शव फेला परेको छ । दोलखाको गौरीशंकर गाउँपालिका– ७ र ८ को सिमानामा गएको पहिरोमा पुरिएर बेपत्ता भएकामध्ये वडा नं ७ का तीन बर्षिय प्रिन्स थामीको शव फेला परेको वडा न ७ का वडाध्यक्ष सोनाम शेर्पाले जानकारी दिए । पहिरोमा पुरिएका सोही स्थानका कृष्ण मगर, उनीकी श्रीमती देव मगर र हरिलाल श्रेष्ठ भने बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको छ । घाइते तीन जनाको उद्धार गरिएको छ । बिहीबार राति वर्षाको कारण वडा नं ७ बाट आएको पहिरो वडा नंं ७ को बस्तीमा पसेर सो…
काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित ६ जना राजदूतको नाम अनुमोदन गरेको छ । बुधबार र बिहीबार बसेको समितिको बैठकको निणर्य सुनाउँदै समितिको सभापतित्व गरेका ज्ञानेन्द्रबहादुर कार्कीले संसदीय सुनुवाइ समितिको बैठकको निणर्य सार्वजनीक गर्दै सबै ६ जना प्रस्तावित राजदूतको नाम अनुमोदन भएको जानकारी दिएका हुन् । ‘प्रस्तावित सबै व्यक्तिहरुलाई प्रस्ताव गरिएको पदमा नियुक्तिको लागि संयुक्त संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसंञ्चालन नियमावली २०८० नियम २६ को उपनियम ५ बमोजिम अनुमोदन गरेको छ ।’ बिहान ११ बजे सार्वजनिक लेखा समितिको हलमा सुरु हुने बैठकमा लागि परराष्ट्रमन्त्री एनपी साउदसँग छलफल र प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गर्ने तालिका राखिएको छ। सरकारले…
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा नेतृत्वको चर्को आलोचना भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वरिष्ठ उपाध्यक्ष एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतका नेतामाथि परिवारवादको आरोप लागेको छ । यस्तै, केही नेतामाथि ‘सुन काण्ड’मा संलग्न रहेको र संरक्षण गरेको आरोपसमेत बैठकमा लागेको छ । काठमाडौंको कमलादीमा बसेको दोस्रो दिन बिहीबारको बैठकमा आफ्नो सुझाव राख्दै केन्द्रीय सदस्यले पार्टी नेतृत्वको चर्को आलोचना गर्दै पार्टीलाई विधि, विधान तथा नियमअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । बैठकमा बोल्ने नेताले प्रधानमन्त्रीको सचिवालय र उपप्रधानमन्त्रीको सचिवालयमा छोरा, छोरी, ज्वाइँ राखेको विषय उठाउँदै नेतृत्वको चर्को आलोचना गरेका छन् । प्रवास कमिटीका सहइन्चार्ज…
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । बिहीबार माओवादीको केन्द्रीय कमिटिको बैठकपछि संञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सुन प्रकरणमा आफू संलग्न नभएको भन्दै राजनीतिक प्रभाव रहेको जिकीर गरे । उनले भने, ‘सुन प्रकरणमा मेरो नाम आएको विषयमा मैले विज्ञप्ति निकालीसकेको छु । स्टाटस पनि लेखेको छु । मेरो कुनै संलग्नता छैन् । राजनीतिक प्रभाव देखिन्छ।’