काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् ।
बिहीबार माओवादीको केन्द्रीय कमिटिको बैठकपछि संञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सुन प्रकरणमा आफू संलग्न नभएको भन्दै राजनीतिक प्रभाव रहेको जिकीर गरे ।
उनले भने, ‘सुन प्रकरणमा मेरो नाम आएको विषयमा मैले विज्ञप्ति निकालीसकेको छु । स्टाटस पनि लेखेको छु । मेरो कुनै संलग्नता छैन् । राजनीतिक प्रभाव देखिन्छ।’
Facebook Comments Box
