काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ ।
मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत अन्य प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना रहेको छ ।
यसको साथै, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
Facebook Comments Box
