Author: खबरमञ्च

काठमाडौं । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई सीआईबीले नियन्त्रणमा लिएको छ । लेक्ट्रिक चुरोट भेपमा सुन तस्करी प्रकरणमा मुछिएका महरालाई सीआईबीले नियन्त्रणमा लिएको हो । केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले भने, ‘उहाँ हाम्रो नियन्त्रणमा हुनु हुन्छ ।’ कहाँबाट नियन्त्रणमा लिइएको ? भन्ने प्रश्नमा उनले भने, ‘यती हो उहाँ हाम्रो नियन्त्रणमा हुनुहुन्छ । अहिले अनुसन्धान भइरहेको छ ।’

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदबाट अनुमोदन भईसकेकाले एमसीसी कार्यान्वयनमा जाने बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले १२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्रो भएको भन्दै संसदबाट अनुमोदन भईसकेकाले एमसीसी कार्यान्वयनमा जाने बताएका हुन् । उनले भने,‘एमसीसी कार्यान्वयनमा जान्छ नै। संसदबाट नै अनुमोदन गरेको कुरा नै १२ बुँदे व्याख्यात्मक घोषणा झुटको खेस्रो छ । झुटको खेस्रो उहाँहरुले जनतालाई दिएको धोका मात्र हो, संसदबाट पास भएको भनिएको झुटको खेस्रो नेपाली जनतालाई धोका दिएको एउटा प्रमाण हो ।’ उनले तत्कालीन सरकारले सम्झौताको अन्त्य हुन्छ भनेर संसदमै बोलेर नेपाली जनता र संसदलाई धोका दिएको भन्दै भने,‘सरकारले…

Read More

काठमाडौं । नयाँ दिल्लीले आफ्नो भूभाग चीनको भएको दाबी गर्ने नयाँ नक्सालाई लिएर कडा विरोध जनाएको छ । चीनले जारी गरेको नयाँ नक्साले भारतीय राज्य अरुणाचल प्रदेश र अक्साई चीन पठारलाई चीनको भूभागमा रहेको देखाइएको भन्दै भारतले कडा कूटनीतिक विरोध गरेको हो । बेजिङले भारतको अरुणाचल प्रदेश र अक्साई चीन पठारलाई आधिकारिक चिनियाँ क्षेत्र देखाउँदै जारी गरेको आधिकारिक नक्साका विषयमा भारतीय सञ्चारमाध्यमले समाचार सार्वजनिक गरेपछि नयाँ दिल्लीले विरोध जनाएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेका छन् – हामीले आज चीनको तथाकथित २०२३ को नक्साप्रति चिनियाँ पक्षसँग कूटनीतिक च्यानलमार्फत कडा विरोध दर्ता गराएका…

Read More

काठमाडौं । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो पाल्पाको जोर्तेको उकालोमा गुडिरहेका बेला पहिरो (ढुंगा)खसेको छ ।पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्दा तीन जनाको त्यापिएर मृत्यु भएको जनाइएको छ । जीपमा सवार ८ जना मध्य केहीलाई उद्दार गरी पाल्पा मिसन अस्पतालमा उपचारका लागि पठाइएको छ । उद्दारका लागि नेपाल प्रहरीको टोली त्यसतर्फ गएपनि घटनाबारे विस्तृत विवरण आउन बांकी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले एसिया कप क्रिकेटमा नेपाली टोलीलाई पाकिस्तानसँगको म्याचमा जितका लागि शुभकामना दिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले बुधबार समाजिक सञ्जाल मार्फत उत्साहित हुँदै नेपालले लामो समयदेखि विश्वको नम्बर वान क्रिकेट टीम पाकिस्तानसँगको म्याच खेल्ने र जित निकाल्ने प्रतीक्षाको घडी समाप्त भएको बताएका हुन् । नेपाली टोलीलाई जितका लागि शुभकामना दिंदै लेखेका छन्, ‘प्रतीक्षाको घडी समाप्त भएको छ । नेपाली टीमले आज पहिलो पटक एसिया कप खेल्दै छ । यसका लागि हामी सबै नेपालीले लामो समयदेखि सपना देखेका थियौं । विश्वको नम्बर वान क्रिकेट टीम पाकिस्तानसँगको म्याचमा जितका लागि शुभकामना !’

Read More

झापा । झापाको भद्रपुरमा झाडीबाट एक शिशुको उद्धार गरिएको छ ।   भद्रपुर–७ स्थित एमरेल्ड एकेडेमी छेउको झाडीमा शिशु फेला परेपछि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मंगलबार साँझ उद्धार गरिएको सो बच्चा अहिले मेची प्रादेशिक अस्पतालमा राखिएको छ । झाडीमा फालिएको शिशुको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताए ।

Read More

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बिहान साढे ११ बजे सिराहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास (विष्णुपुरकट्टी) मा बैठक बस्न लागेको हो । बैठकका लागि अध्यक्ष केपी शर्मा ओली काठमाडौंबाट सिरहा जाँदैछन् । अन्य नेताहरु पुग्ने क्रममा छन् । बैठकले मिसन ग्रासरुट अभियानको समीक्षा गर्नुको साथै संगठन सुढृढीकरणका लागि आगामी कार्यक्रम तय गर्ने र केन्द्रीय कमिटी बैठकको मिति तोक्नेछ। यस्तै समसमायिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ । यही भदौ ९ गते बस्ने भनिएको एमाले सचिवालय बैठक अम्बासमा बाढी आएपछि आजसम्मका लागि स्थगित भएको थियो ।

Read More

काठमाडौं । काठमाडौं महानगरपालिका काठमाडौंबासीले विशेष महत्वका साथ मनाउने गाईजात्रा पर्वलाई मध्यनजर गर्दै केही स्थानमा सडक आवतजावतमा प्रतिबन्ध लगाएको छ । महानगरपालिकाले एक सार्वजनिक सूचना प्रकाशित गर्दै बिहीबार र शुक्रबार काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गर्ने गरेको हो । काठमाडौं महानगरका अनुसार असन-केलटोल-इन्द्रचोक मखन-जैशिदेवल ज्याबहाल-लगन चोक-हनुमानढोका दरबार परिसर-गोफल-ब्रम्हटोल-गोफल ब्रम्हटोल-मरू टोललगायत सडकमार्गमा सवारी साधन प्रवेश रोक लगाएको छ । काठमाडौंका साथै देशभरी बिहीबार गाईजात्रा र शुक्रबार गुँलागा दुतिया मनाउने छ ।

Read More

काठमाडौं । चार कम्युनिष्ट पार्टीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयन विरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेका छन् । मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषी कटेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले संघर्षका कार्यक्रम घोषणा गरेका हुन्। उनीहरूले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै बुधार देशव्यापी संयुक्त विरोध प्रदर्शन गर्ने घोषणा गर्दै काठमाडौं उपत्यकामा माइतिघर मण्डलामा प्रर्दशन गर्ने जनाएका छन् । काठमाडौंको माइतिघर मण्डलामा दिउँसो ३ बजे संयुक्त विरोध प्रदर्शन गर्ने जनाएका छन् । एमसीसी परियोजना आज देखि कार्यान्वयनमा आउँदैछ ।

Read More

काठमाडौं । नेपाल सरकार र अमेरिकी विकास सहयोग मिलेनियिम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को संयुक्त लगानीमा निर्माण गरिने ६९.७ करोड अमेरिकी डलर (९२ अर्ब रुपैयाँ)को पूर्वाधार आयोजना तथा कार्यक्रमको कार्यान्वयन आज (बुधबार)बाट सुरु हुँदैछ । बुधबार सिंहदबारस्थित अर्थ मन्त्रालयमा नेपाल सरकार र एमसीसीबीच लेटर अफ एक्सचेन्ज गरी आयोजना तथा कार्यक्रम कार्यान्वयनको औपचारिक सुरुआतको घोषणा गरिनेछ । अर्थमन्त्री प्रकाशशरण महत र एमसीसीका उपाध्यक्ष क्यामरुन अलफोर्डबीच लेटर अफ एक्सचेन्ज हुने मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीए-नेपाल)ले जनाएको छ । त्यसका लागि एमसीसीका उपाध्यक्ष क्यामरुन मंगलबार नै काठमाडौं आइपुगेका छन् । लामो विवाद र बहसपछि २०७८ फागुन १५ गते नेपाल सरकार र एमसीसीबीच भएको सम्झौता प्रतिनिधिसभाबाट…

Read More