काठमाडौं । काठमाडौं महानगरपालिका काठमाडौंबासीले विशेष महत्वका साथ मनाउने गाईजात्रा पर्वलाई मध्यनजर गर्दै केही स्थानमा सडक आवतजावतमा प्रतिबन्ध लगाएको छ ।
महानगरपालिकाले एक सार्वजनिक सूचना प्रकाशित गर्दै बिहीबार र शुक्रबार काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गर्ने गरेको हो ।
काठमाडौं महानगरका अनुसार असन-केलटोल-इन्द्रचोक मखन-जैशिदेवल ज्याबहाल-लगन चोक-हनुमानढोका दरबार परिसर-गोफल-ब्रम्हटोल-गोफल ब्रम्हटोल-मरू टोललगायत सडकमार्गमा सवारी साधन प्रवेश रोक लगाएको छ ।
काठमाडौंका साथै देशभरी बिहीबार गाईजात्रा र शुक्रबार गुँलागा दुतिया मनाउने छ ।
Facebook Comments Box
