काठमाडौं । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरालाई सीआईबीले नियन्त्रणमा लिएको छ ।
लेक्ट्रिक चुरोट भेपमा सुन तस्करी प्रकरणमा मुछिएका महरालाई सीआईबीले नियन्त्रणमा लिएको हो ।
केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले भने, ‘उहाँ हाम्रो नियन्त्रणमा हुनु हुन्छ ।’
कहाँबाट नियन्त्रणमा लिइएको ? भन्ने प्रश्नमा उनले भने, ‘यती हो उहाँ हाम्रो नियन्त्रणमा हुनुहुन्छ । अहिले अनुसन्धान भइरहेको छ ।’
Facebook Comments Box
