झापा । झापाको भद्रपुरमा झाडीबाट एक शिशुको उद्धार गरिएको छ ।
भद्रपुर–७ स्थित एमरेल्ड एकेडेमी छेउको झाडीमा शिशु फेला परेपछि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मंगलबार साँझ उद्धार गरिएको सो बच्चा अहिले मेची प्रादेशिक अस्पतालमा राखिएको छ ।
झाडीमा फालिएको शिशुको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताए ।
Facebook Comments Box
