Author: खबरमञ्च
नेकपा एमालेको लुम्बिनी प्रदेशको नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मंगलबार विहान सुरु भएको मतदान केही बेरअघि सकिएको एमाले सचिव पद्मा अर्यालले जानकारी दिइन्।अर्यालका अनुसार कूल एक हजार ५ मतदाता रहेकामा ९ सय ६५ जनाले मतदान गरेका छन्। लुम्बिनीमा अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजाल चुनावी मैदानमा छन्। कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकटका हुन्। लुम्बिनीमा बन्ने २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र बाँकेका पूजन विश्वकर्माको उम्मेदवारी परेको छ। सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध…
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले क्रिकेट रंगशाला निर्माणका लागि पहल गर्ने बताएका छन् । मंगलबार उनले सामाजिक सञ्जालमार्फत सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १ सय रोपनी जग्गा उपलब्ध गराएमा महानगर रंगशाला बनाउन पहल गर्ने बताएका हुन् । उनले लेखेका छन्, ‘नेपाल सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ । यस्तो मात्रै रंगशाला र केही ठूला खेलहरू हुने हो भने खेल विकास हुन सक्छ। र, एकै खेलबाटै करोडौं रकम आर्जन हुन सक्छ । त्योबाहेक खेलाडी र तल्लो तहमा सिकाइ सुविधाका लागि अबको ३ वर्षमा…
काठमाडौं । कोशी प्रदेश सरकारको भविष्यका बारेमा आज पनि सर्वोच्च अदालतमा पूर्ण इजलासमा सुनवाई हुँदैछ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनवाइ भइरहेको हो । सोमबार समय अभावका कारण उक्त रिट ‘हेर्दा हेर्दै’ मा राखिएको थियो ।
झापा । भारतसँग १० विकेटको पराजय भएसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ। सोमबार बेलुकाको खेलमा वर्षाले बीचमै खेल अवरुद्ध भएपछि ५० ओभरको खेल २३ ओभरमा झारिएको थियो। ओभर घटाएपछि भारतले १४५ रनको लक्ष्य पाएको थियो। भारतले विना विकेट क्षति २०.१ ओभरमा लक्ष्य पूरा गर्यो। खेलमा भारतको जितका लागि कप्तान रोहित शर्माले ५९ बलमा ७४ र शुभमन गिलले ६२ बलमा ६७ रन जोड्न सफल भए। यसअघिकाे पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो।
झापा । कुशल भुर्तेल, आसिफ शेख र सोमपाल कामीको उत्कृष्ठ ब्याटिङमा नेपालले एसिया कपमा विश्व क्रिकेटको पावर हाउस भारतलाई २ सय ३१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८.२ ओभरमा २ सय ३० रनमा अल आउट भयो । नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेख ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनको योगदान दिए । अर्का ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रनको आक्रामक इनिङ खेलेका थिए । सोमपाल कामीले ५६ बलमा १ चौका र २ छक्कासहित ४८ रनको महत्वपूर्ण योगदान दिए । ३१.५…
झापा । भुटानी शरणार्थी नेता बलराम पौडेलले आफ्नो र परिवारको जीवन सुरक्षाका लागि नेपाल सरकारसँग माग गरेका छन्। सोमबार जिल्ला प्रशासन कार्यालय, झापा पुगेर उनले पूर्व भुटानी शरणार्थी हाल अमेरिकी नागरिकद्वय डिल्ली अधिकारी र भीम बस्नेतबाट आफूलाई धम्की आएको भन्दै जीवन सुरक्षाको माग गरेका हुन्। निवेदन बुझ्दै झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले सुरक्षा समितिको बैठक राखेर यो विषयमा छलफल गरेर निष्कर्ष निकाल्ने जानकारी दिए। उनले भने, ‘एक जना शरणार्थी नेताले जीवन सुरक्षाको माग गर्नु संवेदनशील विषय हो। हामी यो विषयलाई सुरक्षा समितिको बैठकमा एजेन्डा बनाउँछौं।’ उनले तत्काल सुरक्षा चाहिए प्रशासन तथा नजिकको इलाका प्रहरी कार्यालयसँग समन्वय गर्न पौडेललाई आग्रह…
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले लागुपदार्थ दुर्व्यसनले धेरै घरपरिवार तहसनहस बनाएको बताएकी छिन् । सोमबार बिर्तामोड नगरपालिका कार्यालयको सभाहलमा आयोजित लागुपदार्थ दुर्व्यसनसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईंले घरमा एक जना मात्र लागुपदार्थ दुर्व्यवसनी भए त्यो घरमा कहिले शान्ति नआउने बताइन् । उनले जति नै भौतिक पूर्वाधारका कामले सम्पन्न बनाइए पनि नगर क्षेत्रका मानिसको घरमा शान्ति आएन भने भौतिक निर्माणको कामको कुनै अर्थ नरहने बताइन् । नगरप्रमुख प्रसाईंले भनिन्, ‘हाम्रो अबको दायित्व समाज जोगाउने हुनुपर्छ । लागुपदार्थ दुर्व्यसनले निम्त्याउने खतराबारे सबै सचेत हुन जरुरी छ ।’ बिर्तामोड नगरपालिकाको आयोजना तथा तीन वटा संस्थाको सहकार्यमा उक्त अन्तर्क्रिया कार्यक्रम…
काठमाडौं । आज नेपाल र भारतका बिचमा ऐतिहासिक क्रिकेट प्रतिस्पर्धा हुँदैछ । एसिया कप क्रिकेट– २०२३ अन्तर्गत नेपालले भारतसँग ऐतिहासिक प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली समय अनुसार दिउँसो ३ः ४५ बजेबाट सुरु हुने ऐतिहासिक प्रतिस्पर्धा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा हुनेछ। नेपालले भारतसँग पहिलो पटक यो उपल्लो स्तरको खेल खेल्न लागेको पहिलो पटक हो । नेपालले यसअघि पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो । सो खेला पाकिस्तानको क्रिकेट मैदानमा भएको थियो ।
काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध दायर रिटमा आजदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मलता माथेमाको इजलासले रिट ‘फुल बेन्च’मा पठाउने निर्णय गरेको थियो । रिटमा नियमित सुनुवाइ हुने गरी पूर्ण इजलासमा पठाइएको हो । रिटमा पेसी पनि इजलासबाटै तोकिएको बताइएको छ । मुख्यमन्त्री थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको दाबी गर्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। यसअघि उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाले थापा नेतृत्वको सरकारलाई दीर्घलीन महत्वका निर्णय नगर्न अन्तरिम आदेश दिएका थिए।
काठमाडौं । कोशी प्रदेश नामाकरणविरुद्ध किरात समुदायले ललितपुरमा ५ सय च्याब्रुङसहित प्रर्दशन गरेका छन् । किरात याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवसको अवसर पारेर किरात समुदायले ५ सय वटा च्याब्रुङ्सहित ललितपुरको जावलाखेलमा प्रर्दशन गरेका हुन् । कोशी प्रदेशको नाम खारेज गर, ऐतिहासिक पहिचानको आधारमा लिम्बुवान/किरात कायम गर, भन्ने मूल नाराका साथ जावलाखेल चोकबाट ललितपुर चुम्लुङ् हिमसम्म र्याली निकालेका हुन् । उक्त आन्दोलनामा आश बहादुर थग्लुङ्ले नेपाल बहुजाति, बहुभाषिक र समानता भएको देश भनेर राष्ट्रिय गानमा मात्रै सिमित भएको तर व्यवहारमा नभएको भन्दै आन्दोलनमा उत्रिएको बताए । उनले मौलिक हिसाबले जनजातिहरु स्वतन्त्र हुनुपर्नेमा सरकारले ब्यान्ड लगाइदिएको भन्दै अधिकार पनि निश्चित हुनुपर्ने…