काठमाडौं । कोशी प्रदेश नामाकरणविरुद्ध किरात समुदायले ललितपुरमा ५ सय च्याब्रुङसहित प्रर्दशन गरेका छन् ।
किरात याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवसको अवसर पारेर किरात समुदायले ५ सय वटा च्याब्रुङ्सहित ललितपुरको जावलाखेलमा प्रर्दशन गरेका हुन् ।
कोशी प्रदेशको नाम खारेज गर, ऐतिहासिक पहिचानको आधारमा लिम्बुवान/किरात कायम गर, भन्ने मूल नाराका साथ जावलाखेल चोकबाट ललितपुर चुम्लुङ् हिमसम्म र्याली निकालेका हुन् ।
उक्त आन्दोलनामा आश बहादुर थग्लुङ्ले नेपाल बहुजाति, बहुभाषिक र समानता भएको देश भनेर राष्ट्रिय गानमा मात्रै सिमित भएको तर व्यवहारमा नभएको भन्दै आन्दोलनमा उत्रिएको बताए ।
उनले मौलिक हिसाबले जनजातिहरु स्वतन्त्र हुनुपर्नेमा सरकारले ब्यान्ड लगाइदिएको भन्दै अधिकार पनि निश्चित हुनुपर्ने बताए ।
Facebook Comments Box
