Author: खबरमञ्च

काठमाडौं । एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बालुवाटार प्रकरणमा आफूले कुनै गल्ती नगरेको दाबी गरेका छन् । साता लामो युरोप भ्रमणपछि सोमबार बिहान स्वदेश फर्किएका नेपालले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले कुनै बदमासी नगरेको दाबी गरे । उनले भने, ‘नबिराउनु नडराउनु । मैले केही पनि बिराएको छैन । कुनै बदमासी गरेको छैन् । कुनै अपराध गरेको छैन । कुनै भ्रष्टाचार गरेको छैन । कुनै पनि लेनदेन गरेको छैन । यो सबै स्थितिको कारणले गर्दा म आत्तिएको छैन । र अलि अलि चित्त दुखेको छ ।’ उनले अहिले देश अन्यौलको अवस्थामा रहेको भन्दै उनले छानबिनमा सहयोग गर्न तयार रहेको…

Read More

काठमाडौं । निवर्तमान संघीय मामीला तथा प्रशासन मन्त्री अमनलाल मोदीले पद र प्रतिष्ठा सधैँ नहरने भन्दै पाएको जिम्मेवारी पूरा गर्नु महत्वपूर्ण कुरा भएको बताएका छन् । सोमबार मन्त्रलायमा आयोजित पत्रकार सम्मेलनमा उनले पद प्रतिष्ठा सँधैभरी नरहने भएकाले जिम्मेवारी लिएपछि अन्तिमसम्म देश र जनताको लागि काम गर्नुपर्ने बताए । उनले भने, ‘सबैले आफ्नो काम राम्रसँग गर्नुहोस् । यो पद प्रतिष्ठा सँधैभरी रहँदैन् । आज म बिदाइ भए अर्को दिन अर्को मन्त्री । यो निरन्तर चल्छ मन दुखाउन पनि हुँदैन । तर जिम्मेवारी लिएपछि अन्तिमसम्म देश र जनताको लागि काम गर्नुपर्छ ।’ सामान्य परिवारबाट आएर आफूले मन्त्रीको रुपमा छोटै समय भए पनि…

Read More

झापा । साउन महिनाको अन्तिम सोमबार आज झापाको अर्जुनधारा जलेश्वर धाममा भक्तिजनको भीड लागेको छ । साउनको महिना भगवान शिवको महिना भएको धार्मिक विश्वासका कारण भगवान शिवलाई जल चडाउनेहरूको भीड लागेको हो । धर्मशास्त्रका जानकार डा. वासुदेवकृष्ण शास्त्रीका अनुसार साउने सोमबारको दिन शिवको पूजा गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

Read More

काठमाडौं । सय किलो सुन तस्करी प्रकरणका दोषीलाई कुनै पनि हालतमा कारबाही गर्ने विषयले अझसम्म मन्त्रिपरिषद् बैठकमा उच्च प्राथमिकता पाउन सकेको छैन । सय किलो सुन तस्करी भएको चार हप्तामा मन्त्रिपरिषद्को बैठक चारपटक बसे पनि सुन तस्करी र तस्करलाई कडा कारबाही गर्ने सम्बन्धमा गम्भीरतापूर्वक छलफल नै नभएको एक मन्त्रीले बताए । एक मन्त्रीले आइतबार भने– ‘त्यति ठुलो तस्करी भएको विषयलाई मन्त्रिपरिषद् बैठकमा गम्भीरतापूर्वक छलफल नै गरिएको छैन, यसमा प्रधानमन्त्री र गृहमन्त्री बढी संवेदनशील बन्नुपर्ने हो तर, मन्त्रिपरिषद्मा उहाँहरू यस विषयमा चिन्तित नदेखिँदा आश्चर्य लागेको छ ।’ सुरूमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागले २ साउनमा त्रिभुवन विमानस्थल…

Read More

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणमा जाने भएका छन् । चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ र ‘२७ औँ चीन कुनमिङ्ग आयात–निर्यात मेला’मा सहभागी हुन उनी सोमबार चीन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुन उनी सोमबार दिउँसो ४ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्ने छन् । चीन भ्रमणमा उपराष्ट्रपति यादवसँगै उनकी धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटा रहेका छन् ।

Read More

काठमाडौं । शिक्षामा निजीकरण र व्यापारीकरणको अन्त्य गर्नुपर्ने मागसहित विद्यार्थी संगठनले सामुहिक आन्दोलनको घोषणा गरेका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विभिन्न आठ विद्यार्थी संगठन शिक्षाको पूर्ण दायित्व राज्यले वहन गर्ने गरी शिक्षामा निजीकरण र व्यापारीकरणको अन्त्यसहितको समग्र शिक्षा ऐन ल्याउन माग गर्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन् । अखिल क्रान्तिकारी, आम विद्यार्थी मोर्चा, विद्यार्थी जनमत संघ, अखिल पाँचौंलगायतका ८ विद्यार्थी संगठनले विश्वविद्यालयमा राजनीतिक भागवण्डाको अन्त्य गर्दै कुलपतिदेखि, क्याम्पसका पदाधिकारीसम्म खुल्ला प्रतिस्पर्धाको आधारमा नियुक्ती गर्ने प्रावधान हुनु पर्ने, शिक्षित जनशक्ति बेरोजगार हुनुपर्ने र शिक्षाका नाममा प्रतिभा र पुँजी पलाएन हुने समस्याको समाधानसहित विश्वविद्यालय ऐन ल्याउनु पर्ने माग गरेका छन्…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले बताए। मोदीको ठाउँमा जनमत पार्टीकी अनिता देवी साहलाई मन्त्रीको जिम्मेवारी दिने तयारी भएको बताइएको छ। मोदी गत माघ ३ गते मन्त्री बनेका थिए। मोरङ क्षेत्र नम्बर ५ बाट लगातार दुई पटक निर्वाचन जितेका मोदी पहिलो पटक मन्त्री बनेका थिए।

Read More

काठमाडौं  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुरोट भनेर ल्याएको बट्टा सुनको ठहर हुँदा त्यस्मा गृहमन्त्री जवाफदेही हुने कि नहुने भनेर प्रश्न गरेका छन् । आइतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले गृहमन्त्रीको राजीनामाको विकल्प नभएको बताए । उनले भने, ‘गृहमन्त्रीले त खासमा रोस्ट्रममा उभिन जानु आफै राजीनामा गर्नु बाहेक त्यहाँ जानु भनेको अनौठो कुरा हो । यत्रो असफलता भएको छ । चुरोट भनेर ल्यायो सुन हुन्छ, सुन् भनेर राखेको ठाउँबाट चोरी हुन्छ, गृहमन्त्रीको जवाफदेहीता होइन त्यो ? अध्यक्ष ओलीले सरकारले सुन तस्करी प्रकरणको छानविन उच्चस्तरीय र स्वतन्त्र हुनुपर्ने बताउँदै कर्मचारीको निर्देशित हुन नहुने प्रष्ट पारे ।

Read More

काठमाडौं । पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर उल हक काकर चयन भएका छन् । प्रधानमन्त्री शहबाज शरिफ नेतृत्वको मन्त्रिपरिषदले संसद विघटनको निर्णयपछि विपक्षी दलसमेतको सहमतिमा अनवरलाई कार्यवाहक प्रधानमन्त्री नियुक्त गरिएको हो । कार्यवाहक प्रधानमन्त्री चयनको विषयमा निवर्तमान प्रधानमन्त्री शहबाज शरिफ र विपक्षी दलका नेता राजा रियाजबीच शनिबार भएको छलफल अनुसार अनवरलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । पाकिस्तान सरकारको सिफारिसमा राष्ट्रपति आरिफ अल्बीले गत बुधबार मध्यराति संसद विघटनलाई सदर गरेका थिए । संसद विघटन भएको मितिदेखि ९० दिनभित्र पाकिस्तानमा आम निर्वाचन गराउनुपर्ने व्यवस्था छ । अनवर नेतृत्वको सरकारले त्यहाँ निर्वाचन गराउने छ । देश आर्थिक संकटमा परेको…

Read More

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालसहित ४५ जना बढी निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । समयमा भुक्तानी नपाएको र भुक्तानीको म्याद थप गर्नुपर्ने लगायतका विभिन्न नौ बुँदे माग राखेर आन्दोलन गर्दै आएका निर्माण व्यवसायीहरु आज कार्यालय समयमा ललितपुर स्थित सिँचाई विभागको कार्यालयमा ताला लगाउन पुगेका थिए । नारावाजीसहित विभागको कार्यालयमा ताला लगाउन सफल उनीहरुलाई प्रहरीले पक्राउ गरेर ताला खोलाएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए ।  ‘हामीले नौं बुँदे माग राखेर कार्यालयमा ताला लगाएका थियौं । प्रहरीले बल प्रयोग गरेर ताला खोलेसँगै हाम्रो महासचिव सहित ४५ जना भन्दा बढी व्यवसायी साथीहरुलाई पक्राउ गरेको…

Read More