काठमाडौं । एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बालुवाटार प्रकरणमा आफूले कुनै गल्ती नगरेको दाबी गरेका छन् ।
साता लामो युरोप भ्रमणपछि सोमबार बिहान स्वदेश फर्किएका नेपालले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले कुनै बदमासी नगरेको दाबी गरे ।
उनले भने, ‘नबिराउनु नडराउनु । मैले केही पनि बिराएको छैन । कुनै बदमासी गरेको छैन् । कुनै अपराध गरेको छैन । कुनै भ्रष्टाचार गरेको छैन । कुनै पनि लेनदेन गरेको छैन । यो सबै स्थितिको कारणले गर्दा म आत्तिएको छैन । र अलि अलि चित्त दुखेको छ ।’
उनले अहिले देश अन्यौलको अवस्थामा रहेको भन्दै उनले छानबिनमा सहयोग गर्न तयार रहेको बताए ।
उनले आफूलाई भाग्यो भन्ने आरोप लगाइएको भन्दै चित्त दुखाए ।
Facebook Comments Box
