काठमाडौं । निवर्तमान संघीय मामीला तथा प्रशासन मन्त्री अमनलाल मोदीले पद र प्रतिष्ठा सधैँ नहरने भन्दै पाएको जिम्मेवारी पूरा गर्नु महत्वपूर्ण कुरा भएको बताएका छन् ।
सोमबार मन्त्रलायमा आयोजित पत्रकार सम्मेलनमा उनले पद प्रतिष्ठा सँधैभरी नरहने भएकाले जिम्मेवारी लिएपछि अन्तिमसम्म देश र जनताको लागि काम गर्नुपर्ने बताए ।
उनले भने, ‘सबैले आफ्नो काम राम्रसँग गर्नुहोस् । यो पद प्रतिष्ठा सँधैभरी रहँदैन् । आज म बिदाइ भए अर्को दिन अर्को मन्त्री । यो निरन्तर चल्छ मन दुखाउन पनि हुँदैन । तर जिम्मेवारी लिएपछि अन्तिमसम्म देश र जनताको लागि काम गर्नुपर्छ ।’
सामान्य परिवारबाट आएर आफूले मन्त्रीको रुपमा छोटै समय भए पनि जनताको लागि सेवा गर्न पाएको भन्दै उनले खुशी व्यक्त गरे ।
Facebook Comments Box
