Author: खबरमञ्च

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।    संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझीको सांसद पद निलम्बन भएको जानकारी गराउनेछन् । आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी र प्रधानमन्त्री कार्यालयबाट प्राप्त छुट्टाछुटै कार्यभार तोकिएको पत्रहरूको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी गराएको छ । यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्गले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम आयोगको कार्यविधि थप…

Read More

काठमाडौँ । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्नेहरूमाथि पनि अनुसन्धान गर्न आदेश जारी गरेको छ । ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका योगराज पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश अनिलकुमार सिन्हा र डा. कुमार चुडालको इजलासले नीति निर्मातामाथि समेत अनुसन्धान गर्न आदेश दिएको हो । सर्वोच्चको उक्त आदेशले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई माथि अनुसन्धान अघि बढाउन बाटो खुलेको छ । माधव नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री निवास विस्तार गर्ने भन्दै नक्कली मोहीलाई सरकारी जग्गा सट्टा भर्ना दिएको थियो । त्यस्तै डा. भट्टराई नेतृत्वको मन्त्रिपरिषद् बैठकले अस्तित्वमै नरहेको पशुपति टिकिन्छा गुठीका नाममा…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । काठमाडौंमा बसेको माओवादी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नेताहरूको नयाँ जिम्मेवारीको प्रस्ताव गरेका हुन् । प्रस्तावित जिम्मेवारीअनुसार प्रचार विभागमा अग्नि सापकोटा, प्रदेश इन्चार्जको जिम्मेवारी उपमहासचिव जनार्दन शर्मा र वर्षमान पुनलाई प्रस्ताव गरिएको छ । पदाधिकारी बैठकले पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव पारित गरेपछि अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमा प्रस्ताव लगेका थिए । बैठकमा अध्यक्ष प्रचण्डले भने, ‘म समेतको कार्य विभाजन भएको छ । म पनि सात वटा प्रदेशका सात वटा वडामा गएर त्यहाँको जनताको भावना र चाहना बुझ्ने र सबै केन्द्रीय लिडरहरु वडा केन्द्रित भएर अभियान चलाउने निष्कर्षमा पुगेका…

Read More

काठमाडौँ। राजश्व अनुसन्धान विभागले भन्सार जाँच पास भएर बाहिरिएको अवस्थामा बरामद भएको करिब एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीलाई बुझाएको छ। सुन तस्करीको बाँकी छानबिन प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीलाई गर्न भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएपछि विभागले हालसम्म भएका अनुसन्धानलाई समेटेर तयार पारेको प्रतिवेदन सिआईबीलाई बुझाएको हो। आइतबार पत्रकार सम्मेलन गरेर विभागका महानिर्देशक नवराज ढुंगानाले सुन तस्करी अन्तरदेशीय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्धा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको जानकारी दिए । पक्राउ परेका सबै आरोपितलाई पनि प्रहरीको जिम्मा लगाइने महानिर्देशक ढुंगानाले बताएका छन्। यो सँगै अब सुन तस्करी प्रकरणको छानबिन सिआईबीले अगाडि बढाउने बाटो…

Read More

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले भीआईपी र भीभीआईपीहरुको उपचार नेपालमै गर्नको लागि विशेषज्ञ डाक्टरहरुको टिम तयार गरेको बताएका छन् । आज मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री बस्नेतले भीआईपी र भीभीआईपीहरुको उपचार नेपालमा गर्नाले जनताको माग पूरा हुने र देशको सम्पत्ति बाहिर नजाने भन्दै चिकित्साकहरुको टिम बनाउने बताए । उनले भने, ‘भीआईपी र भीभीआईपीहरुको उपचारको नेपालमा नै गर्नुपर्छ। नेपालमा भएका विशेषज्ञहरुबाट जुन उपचारको लागि माननीयहरु बाहिर जानु भएको छ त्यो उपचार नेपालमा नै हुन सक्छ । यसकारण विशेषज्ञ डाक्टरहरुको टिम तयार गरौं र वीर अस्पतालमा यसको सेवा सुरु गरौं । यहाँ हुदाँहुदैँ पनि कोही बाहिर जान चहानु…

Read More

काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले जिल्ला शिक्षा कार्यालय रहने व्यवस्थालाई संसदबाट कुनै हालतमा पास हुन नदिने बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत देवकोटाले शिक्षा मन्त्रालयले विद्यालय शिक्षा विधेयकमा जिल्ला शिक्षा कार्यालय राख्ने प्रावधान राखेको भन्दै यसलाई संघीयता विरोधी भनेर टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘शिक्षा मन्त्रालयले विद्यालय शिक्षा विधेयकमा जिल्ला शिक्षा कार्यालय राखेर ठूलो उपलब्धि ठानेको होला । संघीयता विरोधी यो प्रावधानलाई कुनै पनि हालतमा संसदबाट पास गर्न दिइने छैन ।’ देवकोटाले स्थानीय तह र प्रदेशको अधिकारसँग बाझिने खालका जिल्ला शिक्षा कार्यालय जस्ता अन्य कुनै पनि संरचनाहरु जिल्लामा राख्न नपाइने भन्दै शिक्षा मन्त्रालयको ध्यानाकर्षण…

Read More

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस पार्टी संगठन सुदृढीकरण गर्न हेतु शनिबारदेखि गाउँ पसेको छ। गाउँगाउँमा कांग्रेस भन्ने १० दिने अभियान सुरु गर्दै सांगठनिक सुधारका लागि कांग्रेसले गाउँगाउँमा पुगेर पार्टीलाई क्रियाशिल र लथालिङ्ग रहेको संगठनहरुलाई सुदृढ गर्न लागिपरेको हो । कांग्रेस महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिइसक्नुपर्ने कांग्रेसले डेढ वर्ष बित्दा पनि त्यो काम गर्न सकेको छैन। दशदिने अभियानमार्फत पार्टी सभापति शेरबहादुर देउवाको १८ बुँदे निर्देशन बोकेर जिल्लाजिल्ला पुगेका केन्द्रीय प्रतिनिधिहरूले हिजोबाट १० दिने अभियान नै सुरु गरेका छन् । कांग्रेस केन्द्रीय तहका नेता नै सरिक हुने उक्त १० दिने अभियानमा कांग्रेसको केन्द्रीय प्रतिनिधिहरु १६५ वटै निर्वाचन…

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि काठमाडौंमा जारी रहने छ । गत साउन १७ गतेबाट सुरु भएको माओवादी केन्द्रको  केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा हालसम्म हालसम्म झन्डै २ सय जना केन्द्रीय सदस्यले धारणा राखिसकेका छन्। शनिबारको बैठकमा पार्टीका प्रमुख नेताहरुले  पनि आफ्नो धारणा राखे । वर्षमान पुन, जर्नादन शर्मालगायतका माओवादी नेताले पार्टीमा अध्यक्षको विकल्प खोज्ने बेला नभएको भन्दै वर्तमान पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको समर्थनमा धारणा राखेका थिए । त्यस्तै उपमहासचिवसमेत रहेका नेता पुनले पार्टीमा विस्तारै अर्को नयाँ अध्यक्षको लागि वातावरण बनाउनेतर्फ पार्टीले ध्यानदिनुपर्नेमा जोड दिएका थिए । विशेषगरि माओवादीको मंसिरमा गर्ने भनिएको विधान सम्मेलन,…

Read More

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशमा वर्षा हुने जनाएको छ । महाशाखाले उल्लेख गरेअनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । साथै, कर्णाली प्रदेशका केही र मधेश प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  हाल देशभर आंशिकदेखि सामान्य बदली रहेकाले बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी गराएको छ । आज राति देशभर मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ।…

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सवालमा सरकारसँग एकतावद्ध भएर अगाडी बढ्न तयार भएको बताएका छन् । पार्टीको परराष्ट्र मामिला विभागले शनिवार काठमाडौंमा आयोजना गरेको ‘वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीति सम्बन्धी नेकपा एमालेको धारणा’ विषयक विचार गोष्ठीमा उनले राष्ट्रिय हितको पक्षमा सरकारले या अरु पार्टीले कुरा ल्याएमा समर्थन गर्न तयार भएको बताएका हुन् । उनले भने, ‘राष्ट्रिय हितको पक्षमा सरकारले कुरा ल्याओस् । अरु पार्टीले कुरा ल्याउन हामी राष्ट्रिय हितको पक्षमा जो सुकैले ल्याएको कुरालाई पनि समर्थन गछौं । सहमति जनाउँछौं र एकतावद्ध भएर अगाडी बढ्न तयार छौं ।’ उनले राष्ट्रिय हितलाई छोडेर अरु…

Read More