काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि काठमाडौंमा जारी रहने छ ।
गत साउन १७ गतेबाट सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा हालसम्म हालसम्म झन्डै २ सय जना केन्द्रीय सदस्यले धारणा राखिसकेका छन्।
शनिबारको बैठकमा पार्टीका प्रमुख नेताहरुले पनि आफ्नो धारणा राखे । वर्षमान पुन, जर्नादन शर्मालगायतका माओवादी नेताले पार्टीमा अध्यक्षको विकल्प खोज्ने बेला नभएको भन्दै वर्तमान पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालको समर्थनमा धारणा राखेका थिए ।
त्यस्तै उपमहासचिवसमेत रहेका नेता पुनले पार्टीमा विस्तारै अर्को नयाँ अध्यक्षको लागि वातावरण बनाउनेतर्फ पार्टीले ध्यानदिनुपर्नेमा जोड दिएका थिए ।
विशेषगरि माओवादीको मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन् ।
