काठमाडौँ। राजश्व अनुसन्धान विभागले भन्सार जाँच पास भएर बाहिरिएको अवस्थामा बरामद भएको करिब एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीलाई बुझाएको छ।
सुन तस्करीको बाँकी छानबिन प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीलाई गर्न भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएपछि विभागले हालसम्म भएका अनुसन्धानलाई समेटेर तयार पारेको प्रतिवेदन सिआईबीलाई बुझाएको हो।
आइतबार पत्रकार सम्मेलन गरेर विभागका महानिर्देशक नवराज ढुंगानाले सुन तस्करी अन्तरदेशीय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्धा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको जानकारी दिए ।
पक्राउ परेका सबै आरोपितलाई पनि प्रहरीको जिम्मा लगाइने महानिर्देशक ढुंगानाले बताएका छन्। यो सँगै अब सुन तस्करी प्रकरणको छानबिन सिआईबीले अगाडि बढाउने बाटो खुलेको छ।
Facebook Comments Box
