काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ ।
काठमाडौंमा बसेको माओवादी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नेताहरूको नयाँ जिम्मेवारीको प्रस्ताव गरेका हुन् ।
प्रस्तावित जिम्मेवारीअनुसार प्रचार विभागमा अग्नि सापकोटा, प्रदेश इन्चार्जको जिम्मेवारी उपमहासचिव जनार्दन शर्मा र वर्षमान पुनलाई प्रस्ताव गरिएको छ ।
पदाधिकारी बैठकले पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव पारित गरेपछि अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमा प्रस्ताव लगेका थिए ।
बैठकमा अध्यक्ष प्रचण्डले भने, ‘म समेतको कार्य विभाजन भएको छ । म पनि सात वटा प्रदेशका सात वटा वडामा गएर त्यहाँको जनताको भावना र चाहना बुझ्ने र सबै केन्द्रीय लिडरहरु वडा केन्द्रित भएर अभियान चलाउने निष्कर्षमा पुगेका छौं ।’
माओवादीले उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टी एकता र समाजवादी मोर्चाको नेतृत्व दिएको छ भने अर्का उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रचार प्रसार विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।
त्यस्तै पम्फा भुसाल– जनवर्गीय संगठन इन्चार्ज, वर्षमान पुन– विशेष प्रदेश इञ्चार्ज, चक्रपाणि खनाल– कोशी प्रदेश इञ्चार्ज, लीलामणि पोखरेल– मधेश प्रदेश इञ्चार्ज, जनार्दन शर्मा– बागमती प्रदेश इञ्चार्ज, देवेन्द्र पौडेल– गण्डकी प्रदेश इञ्चार्ज, हितमान शाक्य– लुम्बिनी प्रदेश इञ्चार्ज, मात्रिका यादव– कर्णाली प्रदेश, डिलाराम आचार्य– सुदूरपशिम प्रदेश इञ्चार्ज तोकिएका छन् ।
