Author: खबरमञ्च

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज(आइतबार) का लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले दुबै सदनका बैठकहरूमा आवरोध जारी राखेपछि आजसम्मका लागि बैठक स्थगित गरिएको हो । संसद भवन नयाँ बानेश्वर दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक डाकिएको छ । एमालेले अवरोध नगरे प्रतिनिधिसभामा राष्ट्रपति कार्यालयबाट प्राप्त विभिन्न पत्रहरू जानकारी गराउने कार्यसूची छ । साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउनेसहितको कार्यसूची छ । त्यस्तै, प्रतिनिधिसभाको बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी पनि गराउने छन् ।…

Read More

काठमाडौं । प्रीतम राई पहिलो ‘मेरो भ्वाइस युनिभर्स’ बनेका छन् । सिक्किमका राईले नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ जितेका हुन् । शनिवार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा भएको अन्तिम प्रतिस्पर्धामा राई विजेता बनेका हुन् । उनले उत्कृष्ट ५ अन्तिममा पुगेका परेश राई, शिशिर ठटाल, शरद हुमागाईं र साइराज खातीलाई पछि पार्दै विजेता बनेका हुन् । विजेता बनेसँगै राईले १ करोड जितेका छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेले पुरस्कृत गरेका छन् ।

Read More

झापा । झापा मेचीनगर–८ का सुन्दर किसानको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नातामा दाजु पर्ने ती दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका रामजी किसान र कुकरसिंह किसानले सुन्दरको हत्या गरेर भारततर्फ भागेको र उनीहरूलाई नेपाल फर्काएर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । प्रहरीका अनुसार बिहीबार र शुक्रबार अनुसन्धानका लागि ल्याइएका १५ जनामध्ये ती दुईजनालाई नियन्त्रणमा लिएर बाँकी सबैलाई छाडिएको छ । प्रहरीले बिहीवार घटनास्थलबाट रड भेटेको थियो । शुक्रवार सोही ठाउँको नजिकै सिक्कल (हतियार) भेटेको थियो । सो सिक्कल पक्राउ…

Read More

काठमाडौं । नेकपा एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । सोमबार बसेको सचिवालयको बैठकको निर्णयअनुसार शुक्रबार अन्तरपार्टी निर्देशन जारी गर्दै एमालेले केन्द्रीय नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो । एमालेले केन्द्रीय कार्यालयको व्यवस्थापनमा रहेको बागमती प्रदेशको इन्चार्ज गुरु बराललाई तोकेको छ । काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यलाई काठमाडौंको तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाको इन्चार्ज तोकिएको छ । यस्तै, पार्टीविरोधी गतिविधिमा संलग्नहरूलाई सम्बन्धित कमिटीले कारबाही गर्ने र चुनावका समयमा कारबाहीमा परेका तर आत्माआलोचना गरी सदस्यता नवीकरण गर्न चाहनेहरूको पार्टी सदस्यता नवीकरण गर्न अनुमति दिने निर्णय गरेको छ । ६ केन्द्रीय सदस्यको बिदाइ नेकपा एमालेले ६ जना केन्द्रीय सदस्य केशव स्थापित, प्रमोदनारायण…

Read More

काठमाडौं । आगामी भदौ २३ गते ललितपुरमा आयोजना हुन लागेको ‘मिस यूनिभर्स नेपाल २०२३’ का लागि अन्तिम प्रतिस्पर्धामा २२ जना यूवतीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । काठमाडौंको रायन होटलमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि निर्देशक नग्मा श्रेष्ठले उक्त जानकारी दिएकी हुन् । कार्यक्रममा २२ जना प्रतिष्पर्धीहरु रातो कार्पेटमा हिँडेका थिए । उनीहरुले आफ्नो परिचय मिडिया र उपस्थित पाहुनाहरुलाई दिँदै रातो कार्पेटमा क्वाटवाक गरे । निर्देशक नग्मा श्रेष्ठले मिस यूनिभर्स नेपाल २०२३’ को ग्रयान्ड फिनाले भदौ २३ गते ललितपुरको गोदावरी कन्भेन्सन सेन्टरमा हुने जानकारी दिइन् । उनले यस वर्षको मिस युनिभर्स नेपाले नवीनतालाई अँगाल्ने विश्वास व्यक्त गरिन् । कार्यक्रम कान्तिपुर टिभी…

Read More

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आफूले विश्वासको मत पाउने बताएका छन् । विराटनगरस्थित प्रदेशसभाको बैठकपछि शुक्रवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘विश्वासको मत प्राप्त गर्नका लागि गठबन्धनसँग ४७ संख्या छ । बहुमत ४७ नै हो मैले विश्वासको मत पाउँछु,’ उनले भने, ‘मैले मागेको समयमा एक दिनपछि सारिएको विषय सल्लाहमै भएको हो ।’ प्रतिपक्षी दलहरूले सरकारले विश्वासको वातावरण बनाएन भनेर भनिरहेको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले भने विश्वासको मत लिने दिनसम्ममा आफूले छलफल गर्ने बताए । ‘विश्वासको मत लिने वातावरण बनाउनकै लागि भदौ ४ गतेसम्मको समय लिएको हुँ,’ थापाले भने । उनले उपसभामुखले राजीनामा दिएर अप्ठ्यारो परिस्थिति…

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले गफ दिएको भरमा अब पार्टीको नेता हुन नपाइने बताएका छन् । शुक्रबार भक्तपुरमा आयोजित राप्रपाको चाँंगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले राप्रपाका नेता हुँ भन्नेहरुले पार्टीलाई असफल बनाएर छाडेको आरोप लगाए । उनले भने, ‘अब राप्रपामा केन्द्रीय कार्यलयमा घुमेर, कनै नेताको घर दैलो गरेर, नेताको घरमा गएर कुरा लाएर नेता हुन नपाउने व्यवस्था मिलाएका छौं । राप्रपा कहाँ असफल भयो पत्ता लगाइसकेका छौं र राप्रपा असफल भएकै राप्रपाको नेता हुँ भन्नेहरुले काम नगरेर हो ।’ अध्यक्ष लिङदेनले अब नेताहरुलाई खुट्टामाथि खुट्टा खापेर सोफामा बसेर ठूल्ठूला कुरा गर्ने मौका नपाउने व्यवस्था…

Read More

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पुराना राजनीतिक दलका नेताहरूका लागि पहिला लुटेका सम्पत्ति लुकाउने समय अब चार बर्ष मात्र रहेको बताएका छन् । २०८४ सालको निर्वाचनपछि आफ्नो पार्टी सरकारमा पुगेपछि लुटेका सबै सम्पत्तिबारे छानबिन गरेर एक-एक गरेर राज्यको सम्पत्ति लुट्ने नेताहरूलाई दण्डित गर्ने उनले दाबी गरे । झापाको बिर्तामोडमा पार्टीद्वारा आयोजित आमसभामा बोल्दै रास्वपाका सभापति लामिछानेले भने, ‘३२ बर्षमा लुटेको सम्पत्ति लुकाउनमा अबको चार बर्ष उनीहरू व्यस्त रहनेछन् । तर २०८४ मा राष्ट्रिय स्वतन्त्र पार्टी आएपछि हेरौंला के गर्दा रहेछन् ।’ अहिले चलिरहेका ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र सुन तस्करी प्रकरणलाई मुटु दह्रो…

Read More

काठमाडौं । अरुको फेसबुक आइडी ह्याक गरी रकम ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा जिल्ला जितपुर सिमरा उप-महानगरपालिका वडा नं. १७ रामनगर घर भइ हाल काठमाडौं बस्ने सिमान्त लामा, रोहन तामाङ, अमन्त लामा, अनुप श्रेष्ठ र कास्की घर भइ हाल काठमाडौं नयाँबसपार्क बस्ने सुब्बु भन्ने शुभेक्षा गुरुङ रहेको प्रहरीले जनाएको छ । उनीहरुले फेसबुक ह्याक गरि बिभिन्न बाहानामा ओटिपी मागी चौध लाख अन्ठाउन्न हजारको कारोवार गरेको देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, नयाँ बसपार्कबाट, कार्यलायबाट खटिएको विशेष प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर,…

Read More

झापा । सञ्जय न्यौपाने प्रोडक्सनको प्रस्तुति रहेको नेपाली म्युजिक भिडियो ‘जोडी मिलाइदेउ’ को प्रिमियर शो झापाको बिर्तामोडमा भएको छ । म्युजिक भिडियोमा नायक पुष्प खड्का र नायिका आइशा तामाङको अभिनय रहेको छ। गायक प्रमोद खरेल र गायिका शान्ति श्री परियारले स्वर दिएको म्युजिक भिडियोको प्रिमियर शो बिर्तामोडस्थित पाथीभरा सिने प्लाजामा बिहीवार गरिएको हो । करणराज कार्कीको रचना तथा संगीत रहेको म्युजिक भिडियोको निर्देशन तथा निर्माण सञ्जय न्यौपानेले गरेका हुन् । फिल्म प्रोडक्शन प्रालिका सञ्चालक, निर्माता निर्देशक तथा कलाकार न्पौपाने २८ बर्षदेखि निरन्तर रुपमा नेपाली चलचित्र क्षेत्रमा काम गर्दै आएका छन् । न्यौपानेले साथी, सुरक्षा, जीत, गाउँलेलगायतका दर्जनौ नेपाली चलचित्रमा अभिनय…

Read More