काठमाडौं । अरुको फेसबुक आइडी ह्याक गरी रकम ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बारा जिल्ला जितपुर सिमरा उप-महानगरपालिका वडा नं. १७ रामनगर घर भइ हाल काठमाडौं बस्ने सिमान्त लामा, रोहन तामाङ, अमन्त लामा, अनुप श्रेष्ठ र कास्की घर भइ हाल काठमाडौं नयाँबसपार्क बस्ने सुब्बु भन्ने शुभेक्षा गुरुङ रहेको प्रहरीले जनाएको छ ।
उनीहरुले फेसबुक ह्याक गरि बिभिन्न बाहानामा ओटिपी मागी चौध लाख अन्ठाउन्न हजारको कारोवार गरेको देखिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, नयाँ बसपार्कबाट, कार्यलायबाट खटिएको विशेष प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
