Author: खबरमञ्च

झापा । चार देशसम्मिलित महिला टी–२० शृङ्खलामा नेपालले हङकङलाई ६ विकेटले हराएकाे छ । मंगलबार मलेसियाको वायुमास ओभलमा भएकाे खेलमा हङकङले दिएकाे ८५ रनकाे सामान्य लक्ष्य नेपालले १५ ओभर ५ बलमा ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि सम्झना खड्काले नटआउट ३६ र पूजा महताेले १६ रन बनाइन् । बलिङतर्फ हङकङकी इक्रा सहर, मारिकाे हिल, मारयम बिबी र केरी चानले १/१ विकेट लिइन् । यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे हङकङ १९ ओभर १ बलमा ८५ रन बनाउँदा अलआउट भयाे । हङकङका लागि केरी चानले ३४ र डाेराेथिया चानले १६ रन बनाइन् । बलिङतर्फ नेपालकी सीता राना मगरले ५ विकेट लिइन्…

Read More

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले ललिता निवास जग्गा प्रकरणमा २ सय ५० जनालाई मुद्दा चलाउन राय दिदै आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको छ । मंगलबार सीआईबीले जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउँदै पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित पूर्वमन्त्रीद्वय चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठ, पूर्वराज्यमन्त्री सञ्जय साह टक्ला, पूर्वसचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी, नारायणगोपाल मलेगो, युवराज भुसालसहित सहसचिव, उपसचिव शाखा अधिकृत, सुब्बा र खरिदारसम्मका व्यक्तिविरुद्ध मुद्दा चलाउन राय दिएको छ । तर पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई प्रतिवादी बनाइएन । उनीहरुलाई साक्षीको रुपमा मात्र राखिएको छ ।यस्तै शोभाकान्त ढकाल, रामकुमार सुवेदी, मीनबहादुर गुरुङलाई जग्गा हिनामिना प्रकरणका मुख्य…

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदको जारी अवरोधले आफूलाई चिन्तित बनाएको बताउँदै आफूले एक्टिभिज्म देखाउन नखोजेको बताएका छन् । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतालाई मंगलबार बिहान शीतल निवासमा आमन्त्रण गरेका पौडेलले लिखित धारणा राख्दै संंविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्न संविधानले राष्ट्रपतिलाई दिएको अधिकार मात्र प्रयोग गरेको धारणा राखेका हुन् । राष्ट्रपति पौडेल सक्रिय हुन खोजेको भन्दै विपक्षी एमालेले शीतल निवासमा आयोजना गरेको बैठक बहिस्कार गरेको प्रति लक्षित गर्दै उनले भने,‘यो मैले एक्टिभिज्म देखाउन खोजेको होइन । म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता हुँ । त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो ।’

Read More

विराटनगर । संवैधानिक प्रावधानको ठाडो उल्लंघन गर्दै कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएको घोषणा गरिएको छ । कोशी प्रदेश सभामा ९३ जना सांसद रहेकोमा सोमबारको बैठकमा उपस्थित ७७ जना सांसदमध्ये मुख्यमन्त्री थापाको पक्षमा ४७ मत परेको छ भने विपक्षमा ३० मत प्राप्त भएको घोषणा गरिएको छ । सोमबारको प्रदेश सभा बैठकमा सभाध्यक्ष गरेका सांसद इस्राइल मन्सुरीले पनि मत दिएका थिए । संविधानको धारा १६८ का अनुसार सभाध्यक्ष गर्ने सांसदलाई विश्वासको मत दिने अधिकार छैन । तर पक्ष र विपक्षमा बराबर मत भए निर्णायक मत दिने अधिकार भने संविधानले दिएको छ । सोमबार साँझ अबेर गरी सुरु भएको मतदान प्रकृयामा…

Read More

काठमाडौं । स्पेन पहिलोपल्ट महिला विश्वकप विजेता बनेको छ । आइतबार भएको फाइनलमा आफ्नो प्रभुत्व जमाउँदै स्पेनले इंग्ल्यान्डमाथि १-० को जित निकाल्दै विश्व विजेता बनेको हो । कप्तान ओल्गा कारमोनाले खेलको एकमात्र निर्णायक गोल २९ औं मिनेटमा गरेकी थिइन् । दोस्रो हाफको ७० औं मिनेटमा पेनाल्टीबाट गोल दोब्बर बनाउने मौकाबाट भने स्पेन चुकेको थियो । विश्व वरियतामा सातौं स्थानमा रहेको स्पेन यसअघि क्वाटरफाइनलबाट अघि बढ्न सकेको थिएन । स्पेन सुरुको ६ विश्वकपमा छनोट नै भएको थिएन । ७६ हजार दर्शकले भरिएको स्टेडियम अस्ट्रेलियामा स्पेनले सुदृढ खेल प्रदर्शनमात्र गरेन, गोलका लागि बढी मौका पनि सिर्जना गरेको थियो । विश्वकपको ऐतिहासिक सफलता स्पेनका लागि जति…

Read More

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा वरिष्ठतम न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । आज सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले सुनुवाइ प्रक्रिया टुंग्याएपछि उनलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सर्वसम्मत अनुमोदन गरेको समितिको सभापतित्व गरेका पशुपति शमशेर राणाले बताए । उनले भने, ‘नेपालको संविधानको धारा २९२ को उपधारा १ बमोजिम संसदीय सुनुवाइको लागि लेखिआएकोमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति नियमावली २०८० तथा संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० बमोजिम सुनुवाइ गर्दा प्रस्तावित व्यक्तिको योग्यता, क्षमता र अनुभव सहितको आधारमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति, नियमावली २०८०को नियम २६ को उपनियम ५ बमोजिम प्रस्तावित व्यक्तिलाई नेपालको प्रधानन्यायाधीशको…

Read More

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम अनुमोदन भएको छ। सिंहदरबारमा बसेको सुनुवाइ समितिको बैठकले श्रेष्ठको नाम अनुमोदन गरेको हो। सोमबार समितिले श्रेष्ठविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग छलफल गरेपछि समितिले श्रेष्ठको सुनुवाइ सुरु गरेको थियो । सुनुवाइका क्रममा प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले आफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए। सुनुवाइका क्रममा श्रेष्ठले आफू प्रधानन्यायाधीशमा नियुक्त भए पारिवारिक विवाद, सम्बन्ध विच्छेद, अंश, मानाचामल, घरेलु हिंसा लगायतको विवाद हेर्न छुट्टै अदालत वा इजलास बनाइने बताएका । काठमाडौं उपत्यकामा एक/एक वटा इजलास बनाउने र महिलालाई कोर्ट शुल्क नलिने समेत उनको योजना छ। न्यायालयले गरेका फैसला कार्यान्वयनमा आफ्नो जोड रहने बताएका उनले त्यसो नभए दण्डहीनता…

Read More

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दा दर्ता हुने दर तीन गुणाले बढेको बताएका छन् । संसदीय सुनुवाई समितिमा सुनुवाईको प्रकृयामा श्रेष्ठले न्यायपालिकामा कार्यबोझ र न्यायसम्पादनको स्तरको उल्लेख गर्दै पछिल्लो दश वर्षको तुलनामा अदालतमा कार्यबोझ पनि तीन गुणाले बढेर गएको बताए । उनले भने, ‘२०६१ साल मसान्तसम्म १ लाख १० हजार १ सय २ मुद्दा थियो । तर, २०८० साल असार मसान्तसम्म ३ लाख ३७ हजार ६ सय २ मुद्दाको संख्या पुगेको छ । मुद्दाहरु करिव तेब्बर संख्यामा दर्ता हुने क्रम बढेको छ ।’ १० वर्ष अगाडि फछ्यौट दर हेर्दाखखिी १० वर्ष अगाडि जम्मा ५४ हजार ४…

Read More

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिँदैछन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ। कोशीमा सभामुख रिक्त छ। उपसभामुख सिर्जना दनुवारले आजको बैठक सञ्चालन गर्नुपर्नेछ। बैठक सूचारू हुनेबेला सम्म एमालेले दनुवारलाई उपसभामुखबाट राजीनामा गराउने भय सत्तापक्षलाई छ। प्रदेश सभा सचिवालयका अनुसार एमाले र राप्रपाका ज्येष्ठ सांसदहरुले आइतबारै सचिवालयमा बिदा मागेका छन्। ‘एमाले र राप्रपाका ज्येष्ठ सात जना सदस्यहरूले बैठकमा आउन नसक्ने जानकारी प्रदेश सभालाई दिनुभएको छ’, सचिवालयका एक कर्मचारीले भने। प्रदेश सभा सचिवालयका अनुसार सोमबारको बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिने सांसदहरुमा एमालेका रोहिदबहादुर कार्की (७१), मालतीकुमारी लिम्बू (६७), रामप्रसाद…

Read More

काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए ।   नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने…

Read More