Author: खबरमञ्च

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आफ्नो आसन्न अमेरिका र चीन भ्रमणबारे संसदलाई जानकारी गराएका छन् ।शुक्रबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले, अमेरिका भ्रमणका लागि सानो र छरितो टोली बनाइएको दाबी गरेका छन् । उनले भने ‘भ्रमणका लागि यथासक्य सानो र छरितो प्रतिनिधि मण्डल बनाइएको छ ।’ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार अमेरिका प्रस्थान गर्न लागेका प्रधानमन्त्री दाहालले, ।टोली सानो बनाइएको बताए ।सो भ्रमणका क्रममा आफूले संयुक्त राष्ट्रसंघको प्राथमिकतामा रहेका जलवायु परिर्वतन लगायतका विषयमा महत्वपूर्ण साइडलाईन वार्ता गर्ने अवसर प्राप्त गरेको उनले बताए । प्रधानमन्त्री दाहाल असोज ५ गते अमेरिकाबाटै चीन जाँदैछन्। बैठकमा उनले आफ्नो चीन भ्रमणबारे पनि…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले डा. ढाकाकुमार श्रेष्ठले पार्टीका नेताहरुमाथि लगाएको आरोपबारे गम्भीर रुपमा अनुसन्धान भइरहेको भन्दै सत्यतथ्य प्रमाणित भए कारवाही हुने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा शोक प्रस्तावपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त विषयमा श्रेष्ठमाथि गम्भीर रुपमा अनुसन्धान गरिरहेको बताएका हुन् । ‘यो विषयमा हामी अनुसन्धान गरिरहेका छौं । पार्टीका नेताहरुमाथि लगाएको आरोपबारे पार्टीले गम्भीर रुपमा लिएको छ’ उनले भने, ‘अनुसन्धानमा कुनै व्यक्ति विशेषको नाम आए पनि अनुसन्धान रोकिने छैन ।’ रास्वपाबाट निष्कासित डा. ढाकाकुमार श्रेष्ठले पार्टी र पार्टीका एक केन्द्रीय सदस्यको नाम जोडेर मन्त्री बनाउन ३ करोड रुपैयाँ माग गरेको बताएका थिए ।

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गर्न प्रधानमन्त्री दाहाल पशुपति पुगेका हुन् । स्व.नेम्वाङको अन्तेष्टिमा प्रधानमन्त्री दाहाल, नेकपा एमालेका अध्यक्ष केपी ओली शर्मा, विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित महानुभावहरू, उच्चपदस्थ अधिकारी, ठूलो सङ्ख्यामा पार्टीका नेताकार्यकर्ता, शुभेच्छुक लगायतको उपस्थिति छ ।

Read More

काठमाडौं । विश्व प्रतिष्ठित म्यागेजिन टाइमले विश्वका सय उदीयमान नेताको सूचीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पनि समेटेको छ । टाइम म्यागेजिनले सन् २०२२ मा उनी स्वतन्त्र उम्मेदवारको रूपमा खडा भएदेखि नै सम्भावित विजेताका रूपमा उभिएको र उनले लगाउने चस्मा, पहिरन नै ‘ब्रान्ड’को रूपमा स्थापित भएको उल्लेख गरेको छ । टाइम म्यागजिनले कलाकार, प्रतिभावान पपगायक, अन्वेषक, नेता, वकालतजस्ता विधामा समेत प्रभावशाली व्यक्ति छनोट गरेको छ । आफ्नो क्षेत्रमा प्रभाव हासिल गरेका व्यक्तिलाई ध्यानाकर्षण गराउन म्यागजिनले टाइम १०० व्यक्तिको सूची तयार पारेको हो । जसमा २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र रूपमा निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह परेका छन् ।…

Read More

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । ११ बजे अघि नै पशुपति आर्यघाट पुग्ने गरी शव यात्रा सुरु हुनेछ । नेकपा एमाले पार्टी कार्यलयका अनुसार शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाटसम्म रहेको छ । मंगलबार बिहान १ बजे हृदयघातबाट निधन भएका नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न उनको पार्थिव शरीर बुधबार दिउँसो एक बजेसम्म पार्टी कार्यालय च्यासलमा राखिएको थियो । त्यसपछि बालुवाटारस्थित निजी निवासमा लगिएको थियो ।

Read More

काठमाडौँ । जनतासाभर वैकल्पिक राजनीतिक दलको रूपमा उदाउँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा आफ्नै सांसदलाई मन्त्रीबनाउन तीन करोड रुपियाँको लेनदेनको ‘डिल’ गरेको विषयलाई लिएर खैलाबैला मच्चिएको छ । पूर्व सांसद ढाकाकुमार श्रेष्ठले आफूलाई स्वास्थ्य मन्त्री बनाउन पार्टी सभापति रवि लामिछानेको कोर टिममा रहेका केन्द्रीय सदस्य मोहनजंग थापाले ३ करोड मागेको सञ्चार माध्यममा अन्तवार्ता दिएपछि खैलाबैला मच्चिएको हो । पार्टीको साधारण सदस्यबाट समेत निष्कासित पूर्वसांसद ठाकाकुमारले सार्वजनिक रूपमा पोलेका केन्द्रीय सदस्य थापामाथि पार्टीले अनुसन्धानको प्रक्रिया अघि बढाएको रास्वपाले विज्ञप्तिमार्फत् जनाएको छ। बुधबार जारी गरिएको विज्ञप्तिमा मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादनको बैठकले थापामाथि अनुसन्धान शुरू गरेको उल्लेख छ । गत चैतमा भएको उपनिर्वाचनताका…

Read More

काठमाडौ । सीआइबीले ६० किलो सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाएको छ । तस्करीको ६० किलो ७ सय १६ ग्राम सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले ३५ दिन लगाएर तयार पारेको अध्ययन प्रतिवेदन जिल्ला सरकारी वलिकको कार्यालयमा बुधबार दिउँसो बुझाएको हो । बुधबार बुझाएको प्रतिवेदनमा सिआइबीले फरार प्रतिवादी समेत २९ जनालाई प्रतिवादी बनाएको जिल्ला महान्यायाधिवक्ता महेश प्रसाद खत्रीले जानकारी दिए । आज मात्रै प्रतिवेदन बुझाएकाले को कसलाई मुद्दा चलाउने र कसलाई नचलाउने विवरणहरु अध्ययन गर्न बाँकी रहेको भन्दै उनले भने, ‘अनुसन्धान प्रतिवेदन अध्ययन गर्न बाँकी नै भएको हुनाले यसमा के छ ,कसो छ , कतिजनालाई…

Read More

काठमाडौं । सांगीतिक टेलिभिजन रियालिटी शो भ्वाइस अफ नेपाल सिजन ५ को प्रसारण असोज ५ गतेदेखि सुरु हुने भएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भ्वाइस अफ नेपालको नयाँ श्रृंखलाको घोषणा गरिएको हो । नयाँ सिजनमा कोच दुईजना कोच परिवर्तन भएका छन् । अघिल्ला ३ वटा सिजनमा कोच रहेका राजु लामा र चौथो सिजनमा कोच रहेकी प्रविशा अधिकारीको ठाउँमा उदय सोताङ र मिलन नेवार रहेका छन्। अघिल्लो सिजनमा कोच रहेका प्रमोद खरेल र राजेश पायल राई यो वर्ष पनि यथावत् नै रहेका छन् । डिजिटल अडिसनमा सहभागी ६० हजार आवेदक मध्येबाट छानिएका १२० भन्दा बढी प्रतिभा ब्लाइन्ड अडिसनमा सहभागी…

Read More

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज बुझाउने भएको छ । बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने रायसहितको अनुसन्धान प्रतिवेदन लेखन कार्य हिजो बेलुका सकिएकाले आज बुझाउने भएको हो । आरोपीविरुद्ध सङ्गठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिने सिआइबीको तयारी छ । सङ्गठित अपराध कसुरमा म्याद थप गरिएकाले त्यसको अनुसन्धानको मिति ६० दिनको हुन्छ । यही ३१ गते ६० दिन पुग्ने भएकाले यो मितिसम्ममा मुद्दा अदालतमा पु¥याइसक्नुपर्ने हुन्छ । त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययनको समय पाउने गरी आज…

Read More

काठमाडौं । भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार कोलोम्बोमा सुपर फोर अन्तर्गत भएको खेलमा घरेलु टोली श्रीलंकालाई ४१ रनले पराजित गर्दै भारत एक खेल अगावै फाइनल पुगेको हो । सुपर फोरमा पहिलो खेलमा पाकिस्तानलाई हराएको भारत लगातार दुई खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा रहेको थियो । अब भारतले बंगलादेशसँग खेल्न बाँकी छ । बंगलादेश लगातार दुई खेल हारेर यसअघि नै फाइनल होडबाट बाहिरिसकेको छ । पाकिस्तान र श्रीलंकाबीच हुने खेलबाट फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ ।

Read More