काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गर्न प्रधानमन्त्री दाहाल पशुपति पुगेका हुन् ।
स्व.नेम्वाङको अन्तेष्टिमा प्रधानमन्त्री दाहाल, नेकपा एमालेका अध्यक्ष केपी ओली शर्मा, विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित महानुभावहरू, उच्चपदस्थ अधिकारी, ठूलो सङ्ख्यामा पार्टीका नेताकार्यकर्ता, शुभेच्छुक लगायतको उपस्थिति छ ।
Facebook Comments Box
